माओवादी अध्यक्ष प्रचण्डसँग अष्ट्रेलियाली राजदूतको भेट
काठमाडौं । नेपालका लागि नवनियुक्त अष्ट्रेलियाली राजदूत फेलोसिटी वोल्कले बिहीबार बिहान नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेटवार्ता गरेकी छन् । भेटका क्रममा अध्यक्ष प्रचण्डले नवनियुक्त राजदूत वोल्कलाई स्वागत गरेका थिए ।
प्रचण्डले अष्ट्रेलियासँग नेपालको सम्बन्ध धेरै पुरानो रहेको उल्लेख गर्दै नेपालका लागि पुर्याउँदै आएको सहयोग र सद्भावप्रति अष्ट्रेलिया र त्यहाँका जनतामा कृतज्ञता प्रकट गरे ।
सो अवसरमा अध्यक्ष प्रचण्डले राजदूत वोल्कको कार्यकालको सफलताको शुभकामना व्यक्त गरे ।
भेटवार्तामा राजदूत वोल्कले नेपाल र नेपालीलाई अष्ट्रेलियाली जनताले प्यारो मान्ने बताइन् । उनले आफ्नो कार्यकाल सफल बनाउन सहयोगको अपेक्षा पनि गरिन् ।