प्रधानमन्त्री देउवालाई अमेरिकी राजदूतको बधाई
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपालस्थित अमेरिकी राजदूत र्यान्डी बेरीले बधाई दिएका छन् । राजदूत बेरीले ट्वीटमार्फत प्रधानमन्त्री देउवालाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका हुन् ।
राजदूत बेरीले अमेरिकी मिसन नेपाल सरकारका सबै तहमा करिब ७५ वर्षको मित्रता अगाडि बढाउन मिलेर काम गर्ने आशा गरेका छन् । देउवाले मङ्गलबार प्रधानमन्त्रीको शपथ लिएका हुन् ।