काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ । भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा उपचाररत नेकपा एमालेका वरिष्ठ नेताका स्वास्थ्यमा सुधार भएको उनका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिएका छन् ।
खनालमा ज्वरो आउने, टाउको दुख्ने र खोकी लाग्ने समस्या हटिसकेको छ । उपचारमा अक्सिजनको सपोर्ट राखिएकामा हटाइएको छ । खनाललाई थप उपचारका लागि यही असार २ गते नयाँ दिल्ली लगिएको थियो ।

प्रतिक्रिया