खोप खरिदको कमिशन खान खोज्नुले यो सरकारको अनैतिक चरित्र उदाङ्गो भयोः शेरबहादुर देउवा



काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना खोप खरिदको भ्रष्टाचारमा संलग्नलाई कडा कारवाही गर्न माग गरेका छन् । शुक्रबार विज्ञप्ति जारी गरी सभापति देउवाले जनताको जीवन रक्षा गर्ने औषधिमा पनि भ्रष्टाचार गर्नु अमानवीयता, अनैतिकता र गैरजिम्मेवारको पराकाष्ठा र जनता विरुद्धको अक्षम्य अपराध भएको बताएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘जनताको जीवन रक्षा गर्नु पर्ने सरकार स्वयं औषधि (खोप) को भ्रष्टाचारमा संलग्न हुनुले यो सरकारको अनैतिक चरित्र उदाङ्गो भएको छ । सरकारको अनैतिक र भ्रष्टाचारजन्य कार्यको घोर निन्दा र भर्त्सना गर्दछु ।’

देउवाले जनताको जीवन रक्षा गर्नका लागि देशभरि आवश्यक अक्सिजन, आईसीयू बेड, खोप लगायतका औषधीको तत्काल व्यवस्था गर्न माग गरेका छन् ।

कोभिड–१९ को यति लामो समयसम्मको निरन्तर प्रकोपका बाबजूद सरकारले नियन्त्रण र रोकथामको कुनै व्यवस्था नगर्दा यो अवस्था आएको देउवाले आरोप लगाएका छन् । उनले देशमा व्याप्त यस विषम घडीमा सबैमा स्वास्थका मापदण्ड अपनाउन, आफू र आफ्नो परिवारलाई सुरक्षित राख्न अनुरोध गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जनताले महसुस गर्नेगरी काम गर्न गृहमन्त्री लामिछानेको निर्देशन

झापा । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले जनतालाई परिवर्तनको अनुभूति हुनेगरी काम गर्न

सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता नलिए कारबाही गर्ने नाउपा अध्यक्ष रञ्जिताको चेतावनी

धनगढी । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन संसदीय

सर्वोच्चद्वारा नेपाली कांग्रेसका सांसद गुरुङको निलम्बन फुकुवा

काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । शुक्रबार

गुणस्तरीय काम नहुँदा राज्यलाई अतिरिक्त दायित्व थपियो : प्रधानमन्त्री

हेटौँडा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्झौताअनुरूप गुणस्तरको काम नहुँदा राज्यमाथि अतिरिक्त दायित्व