विपक्षीसँग समर्थन गरिदिन अनुनय विनय गर्नु ओलीको अनैतिक र गैरजिम्मेवार चरित्रको पराकाष्ठा होः भीम रावल



काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीको घृणित राजनीतिले देश संकटग्रस्त भएको आरोप लगाएका छन् ।

बिहीबार सामाजिक संजालमार्फत रावलले विपक्षी दलसँग समर्थन गरिदिन र मिलेर सरकार चलाउन अनुनय विनय गर्नु अनैतिक र गैरजिम्मेवार चरित्रको पराकाष्ठा भएको आरोप लगाएका हुन् ।

रावलले लेखेका छन्, ‘प्रधानमन्त्री केपीले दलमा विधान मिच्दै निरंकुशरूपमा नेता र सांसदहरूलाई स्पष्टीकरण सोध्नु, कारबाही गर्नु र कुनै छलफल–परामर्श नगर्नु तर विपक्षी दलसँग समर्थन गरिदिन र मिलेर सरकार चलाउन अनुनय विनय गर्नु अनैतिक र गैरजिम्मेवार चरित्रको पराकाष्ठा हो । यस्तै घृणित राजनीतिले देश संकटग्रस्त भएको छ ।’

बुधबार प्रधानमन्त्री ओलीले कांग्रेस शीर्ष नेताहरुलाई भेटेर विश्वासको मत दिन सहयोग मागेका थिए । तर कांग्रेसले विश्वासको मत दिन नसक्ने ओलीलाई जवाफ दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सर्वोच्चको फैसला सरकारलाई काम गर्न नदिने र असफल पार्ने खालको छः प्रधानमन्त्री

दोस्रोपटक प्रतिनिधि सभाको विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिटमाथि निरन्तर सुनुवाइ भइरहेको छ

यो कुनै अवसरवादी गठबन्धन होइनः प्रचण्ड

काठमाडौं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानको रक्षा गर्दै संविधानको समयानुकुल

मन्त्रीहरुको कार्यविभाजन हेरफेर, गृहमा पौडेल, रक्षा र परराष्ट्र ओलीलाई

काठमाडौं । सर्वोच्च अदालतको आदेशले २० जना मन्त्री पदमुक्त भएपछि बाँकी रहेका मन्त्रीको

‘गल्ती स्वीकार गरेर आउनुहुन्छ भने केपी ओलीलाई स्वागत नै गर्नुपर्छ है शेरबहादुरजी’

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले देशलाई भड्खालोमा जानबाट रोक्न कोर्स