लुम्बिनीमा जेठ १७ गते राष्ट्रिय सभाको उपनिर्वाचन
काठमाडौं । लुम्बिनी प्रदेशबाट रिक्त बनेको राष्ट्रियसभा सदस्य पदका लागि आगामी जेठ १७ गते उपनिर्वाचन हुने भएको छ । माओवादी केन्द्रबाट राष्ट्रियसभामा निर्वाचित चन्द्रबहादुर खड्कालाई माओवादीले पार्टीबाट हटाएपछि रिक्त रहेको एक सिटमा १७ गते उपनिर्वाचनको मिति तय भएको निर्वाचन आयोगले जनाएको छ ।
वागमती प्रदेशमा रामबहादुर थापाको ठाउँमा जेठ ६ गते उपनिर्वाचन हुँदैछ । संविधानअनुसार राष्ट्रियसभा सदस्य पद रिक्त भएको ३५ दिनभित्रै उपनिर्वाचन गरिसक्नुपर्ने भएकाले जेठ १७ मा लुम्बिनीमा उपनिर्वाचनको मिति तय गरिएको हो ।