दलको नेतृत्वमा त्यागको भावना आउनुपर्छ : अध्यक्ष थापा



हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकलाई सबल, समृद्ध र स्वाधिनतालाई अटल राख्न राजनीतिक दलको नेतृत्वले अब निष्ठाको राजनीतिलाई जनताको सेवामा लगाउन आँट गर्नुपर्ने बेला आएको बताएका छन् ।

\राप्रपा हेटौँडा उपमहानगरपालिकाका नवनिर्वाचित पदाधिकारीको शपथग्रहण समारोहलाई बुधबार सम्बोधन गर्दै अध्यक्ष थापाले बाह्य शक्तिको दबाब र प्रभावले राजनीतिक दलका नेतृत्वमाथि अनावश्यक हस्तक्षेप बढ्दै गएकामा चिन्ता व्यक्त गरे ।

अध्यक्ष थापाले राष्ट्रमा सबै शक्तिको विचार अटाउन सक्ने मौलिक व्यवस्थाको आवश्यकता परेको चर्चा गर्दै अहिले देशमा सनातन हिन्दू संस्कार र राजसंस्थाको अभिमत बुझेर सबैको सहकार्यबाट नेपाललाई शान्ति क्षेत्रका रुपमा अघि बढाउनुपर्नेमा जोड दिए ।

उनले राजनीतिक नेतृत्वले सत्ताको प्रतिस्पर्धालाई जनताको गाँस, बाँस र कपास, शान्ति सुरक्षाको व्यवस्थापन तथा प्रजातन्त्रको सुदृढीकरणका लागि त्याग गर्न आवश्यक रहेको बताए । कार्यक्रममा केन्द्रीय सदस्य क्रमशः मधु अधिकारी, राजाराम बर्तौला र गणेश थापाले राष्ट्रिय महाधिवेशनका सन्दर्भमा सङ्गठनलाई दरिलो तुल्याउनुपर्ने तथा नेता– कार्यकर्ताले गुटबन्दीबाट अलग भई पार्टीको नीति सिद्धान्त र जनताप्रति सेवाभाव, मन, वचन तथा कर्मले लाग्नुपर्ने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री ओली दोहामा

दोहा । प्रधानमन्त्री केपी शर्मा ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसङ्घको ७९औँ

चुनाव हारेपछि पार्टीप्रति निराशा पैदा गर्दै हिँड्नेलाई कारबाही गर्ने माधव नेपालको चेतावनी

काठमाडौं । नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले जनतालाई आशाको सन्देश दिनुपर्ने बताएका छन्

राष्ट्रपतिसमक्ष लोकसेवा आयोगको प्रतिवेदन पेस

काठमाडौँ ।  राष्ट्रपति रामचन्द्र पौडेल समक्ष लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ

बाली तथा पशुधन बीमाको प्रिमियममा अनुदान उपलब्ध गराउने निर्देशिका खारेज

काठमाडौं । सरकारलले बेरुजु फछ्र्यौट गर्न बेरुजु फछ्र्यौट समिति गठन गर्ने र समितिको