नेपाल पक्षको भेलामा नजान ओली पक्षको निर्देशन
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेको को माधव नेपाल पक्षले चैत ४ र ५ आयोजना गरेको भेलामा नेता कार्यकर्तालाई नजान केपी ओली पक्षले निर्देशन दिएको छ । महासचिव इश्वर पोखरेलले मंगलबार साझ विज्ञप्ति जारी गरी भेलामा नजान निर्देशन दिएका हुन् ।
विज्ञप्तिमा भनिएको छ, ‘यस्तो अनाधिकृत गुटगत भेला नगर्न/नगराउन, भेला आयोजनाको भ्रम नफैलाउन र कसैले बोलाएमा पनि त्यस्तो अनुशासनहीन गुटगत भेलामा सहभागी नहुन नेकपा (एमाले) ले सबै नेता÷कार्यकर्तालाई विशेष निर्देशन गरिएको छ । “अन्यथा, मुलुकको संविधान, पार्टी र संसदीय दलको विधानको व्यवस्था एवं नियमावली बमोजिम हुने कुरा पनि स्पष्ट गरिन्छ।’