अहिलेकै गतिले सरकार अगाडि बढे मुलुक अझै ठूलो संकटमा फस्ने लोहनीको चेतावनी



नुवाकोट । राप्रपा अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले अहिलेको कम्युनिस्ट सरकारबाट मुलुकले प्रगतिको सट्टा अधोगति लिएको आरोप लगाएका छन् । नुवाकोटमा आज भएको राप्रपाको एक कार्यक्रममा उनले सरकारबाट आम नेपाली जनता र देशले स्थायित्व, सुशासन र विकाशको आशा गरेकामा परिणाम उल्टो भएको बताए ।

तीन वर्षयता मुलुकमा स्थिरताको सट्टा अस्थिरता, सुशासनको सट्टा भ्रष्टाचार र आर्थिक अराजकता तथा भुईँफुट्टा वर्गको उत्थानमा भएको जनाए । अहिलेको सरकारले राज्यका अंगहरूलाई बाँदरको हातमा नरिवल सरह बनाएको टिप्पणी उनले गरेका छन् । अध्यक्ष लोहनीले राज्यका अंग कब्जामा राख्ने प्रयासका कारण देश ‘न हासको चाल, न कुखुराको चाल’मा पुगेको बताए ।

उनले मुलुकका नागरिकको हितभन्दा एउटा भारदारी सभालाई उचाल्ने काम भएको भन्दै असन्तुष्टि व्यक्त गरे । अहिलेकै गतिले देश र सरकार अगाडि बढे मुलुक अझै ठुलो संकटमा फस्ने चेतावनी उनले दिए । गृह जिल्लामा भएको कार्यक्रममा अध्यक्ष लोहनीले नुवाकोटको आर्थिक विकासमा आफू सत्तामा रहँदा गरेका कामहरूको स्मरणसमेत गरेका थिए ।

उनले नुवाकोटलाई नेपालको विशेष औद्योगिक क्षेत्र र चीनसँग अन्तर्राष्ट्रिय व्यापारको केन्द्र बनाउने पहलकदमी गरेको बताए । त्यसैगरी काठमाडौँ-छहरे-टोखा सडक दुई लेनमा स्तरोन्नति गर्नुपर्ने उनले बताए ।

राप्रपा यतिबेला आफ्नो महाधिवेशनको तयारीमा जुटेको छ । त्यसै क्रममा नुवाकोटको शिवपुरी गाउँपालिका- ८ को वडा अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष लोहनी त्यहाँ पुगेका थिए । उनले राजसंस्था नहुँदा नेपाली जनता अभिभावकविहीन जस्तै भएको उल्लेख गरे । नेपालमा राजसंस्थासहितको प्रजातन्त्र पुनर्स्थापनाको महाअभियानमा साथ दिन उनले आग्रह पनि गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एमालेले अधिवेशनहरूमा पराजित भएका नेता कार्यकर्तालाई तीन महिनाभित्र यथोचित जिम्मेवारी दिने

काठमाडौं । नेकपा एमालेले सबै तहका अधिवेशनहरू आगामी मंसिरसम्म सक्ने गरी वार्षिक कार्ययोजना

‘हिंसा’ शब्द सच्चिएर नआउँदासम्म संसद अवरोधलाई निरन्तरता दिने माओवादीको निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्रले संसद अवरोधलाई जारी राख्ने भएको छ । शुक्रबार

राजनीतिक शुद्धीकरण जरुरी छः संचारमन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मूल नीतिका रुपमा रहेको राजनीतिक

बल्ल कोशी प्रदेश सरकारमा कांग्रेस सहभागी, ४ मन्त्रीले लिए शपथ

विराटनगर । कोशी सरकारमा नेपाली कांग्रेसकातर्फबाट नियुक्त चार मन्त्रीले शपथ लिएका छन् ।