कांग्रेसको पदाधिकारी बैठक बस्दै



काठमाडौं । नेपाली कांग्रेसको पार्टी पदाधिकारी बैठक आज बस्दैछ । सभापति शेरबहादुर देउवाले दिउँसो तीन बजे पार्टी पदाधिकारी बैठक बोलाएका हुन् । सभापति देउवाको निवास बूढानिलकण्ठमा बस्ने बैठकमा प्रतिनिधिसभा पुनःस्थापना भएको अवस्थामा भावी रणनीति तय गर्ने विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।

यसअघि बुधबार नेकपाको प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले कांग्रे सभापति देउवालाई भेटेका थिए । उनीहरुले नयाँ गठबन्धन बनाएर अगाडि बढ्न आग्रह गरेपछि देउवाले छलफलका लागि पदाधिकारी बैठक बोलाएका हुन् । उनीहरुसँगको भेटमा सभापति देउवाले पार्टीमा आन्तरिक छलफलपछि मात्रै निर्णय लिने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रियसभा उपाध्यक्ष अर्याललले दिइन् पदबाट राजीनामा

काठमाडौं । राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छिन् । उनले बिहीबार

निराशा चिर्ने र भरोसा जगाउने चुनौती छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हरेक आर्थिक वर्षमा बजेट मागिरहने तर पुँजीगत

राप्रपाले इलाम-२ मा लक्ष्मी गुरुङलाई उम्मेदवार बनाउने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले इलाम क्षेत्र नम्बर २ मा लक्ष्मी

अध्यक्ष भनेपछि भगवान्, भगवान् चाहिँ प्रश्नभन्दा माथिः महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नयाँ भनिएका पार्टीहरू प्रश्नभन्दा माथि रहन