सर्वोच्चको फैसलाले मुलुकलाई सङ्कटबाट जोगायो : वरिष्ठ नेता पौडेल



लाहान । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सर्वाेच्च अदालतले संसद् विघटनको निर्णय बदर गरी मुलुकलाई सङ्कटबाट जोगाएको बताएका छन् । सिरहामा बुधबार पार्टीका अगुवा र कार्यकर्तासँगको भेटघाटका क्रममा वरष्ठ नेता पौडेलले संवैधानिक इजलासबाट भएको संसद् विघटन खारेजीको फैसलाले देशलाई राजनीतिक अस्थिरताबाट जोगाएको बताएका हुन् ।

“सरकारको सिफारिसमा राष्ट्रपतिले संसद् विघटन गरेपछि मुलुकमा लोकतन्त्रमाथि गम्भीर खतरा उत्पन्न भएको थियो”, पौडेलले भने, “अदालतको इजलासले खतराबाट जोगाएको छ, त्यसबाट संविधानवादको रक्षा भएको छ ।” न्यायालयले जनता, संविधान र कानूनी राज्यको पक्षमा निर्णय गरेको उनको कथन थियो ।

नेपालमा राजनीतिक स्थायित्व, प्राप्त उपलब्धिको रक्षा र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षामा आफ्नो पार्टी केन्द्रित रहेको उल्लेख गर्दै उनले मुलुकको बदलिँदो परिस्थितिमा कांग्रेसले लोकतान्त्रिक पद्धति, सङ्घीय पद्धतिको रक्षाका लागि दृढतापूर्वक अघि बढ्ने बताए । मधेशलाई बचाउने र जोगाउने काम नेपाली कांग्रेस मात्र गर्नसक्ने दाबी गर्दै उनले मधेश र कांग्रेस एक अर्काबीच पारिस्परिक सम्बन्ध रहेको जिकिरसमेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सार्वजनिक खर्च जुटाउन सबै तहका सरकारले विवेकपूर्ण राजस्व परिचालन गर्नुपर्छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६औँ योजनामा एकीकृत पूर्वाधार निर्माण र सूचना

‘विदेश उत्तम, स्वदेश खत्तम’ भन्ने बुझाई गलत छ : अशोक राई(अन्तरवार्ता)

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपाल, सङ्घीय परिषद् अध्यक्ष अशोककुमार राईले राजनीतिक

कर्णाली प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिँदैछन् । गत