संसद् पुनःस्थापनाको विकल्प छैन : बरिष्ठ नेता पौडेल



लाहान । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पोडैलले संसद् पुनःस्थापनाको विकल्प नभएको बताएका छन् । मधेश सम्मान यात्राको क्रममा सोमबार सप्तरीको बोदे बसाइनमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा वरिष्ठ नेता पौडेलले पुनःस्थापनाले मात्र मुलुकलाई स्थिरता दिने भएकाले पुनःस्थापनाको कुनै विकल्प नभएको जिकिर गरेका हुन् ।

नेपाली कांग्रेसको न्यायालयमाथि विश्वास रहेकाले अहिले ठूलो आन्दोलनको घोषणा नगरेको स्पष्ट पार्दै उनले कांग्रेस संविधानको रक्षाको लागि आन्दोलन गरिरहेको बताए ।

सर्वोच्च अदालतले संसद् पुनःस्थापना गर्नेमा आफ्नो पार्टी विश्वस्त रहेको उल्लेख गर्दै पौडेलले संविधानको कुनै पनि धारामा संसद् विघटनको प्रावधान उल्लेख नरहेका कारण सर्वोच्च अदालतले पनि त्यही संविधानको धारा पढेर फैसला गर्ने विश्वास व्यक्त गरे ।

मधेशलाई बचाउने र जोगाउने काम कांग्रेसले मात्र गर्न सक्ने दाबी गर्दै उनले मधेश र कांग्रेस एकार्काबीच पारिस्परिक सम्बन्ध रहेको जिकिर गरे । मधेशवादी दलले मधेशका मुद्दा छोड्नाका साथै आफ्नो पार्टीको नाममा पनि मधेशी शब्द छोडेको आरोप लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री ओली दोहामा

दोहा । प्रधानमन्त्री केपी शर्मा ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसङ्घको ७९औँ

चुनाव हारेपछि पार्टीप्रति निराशा पैदा गर्दै हिँड्नेलाई कारबाही गर्ने माधव नेपालको चेतावनी

काठमाडौं । नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले जनतालाई आशाको सन्देश दिनुपर्ने बताएका छन्

राष्ट्रपतिसमक्ष लोकसेवा आयोगको प्रतिवेदन पेस

काठमाडौँ ।  राष्ट्रपति रामचन्द्र पौडेल समक्ष लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ

बाली तथा पशुधन बीमाको प्रिमियममा अनुदान उपलब्ध गराउने निर्देशिका खारेज

काठमाडौं । सरकारलले बेरुजु फछ्र्यौट गर्न बेरुजु फछ्र्यौट समिति गठन गर्ने र समितिको