बागमती प्रदेशसभाको फागुन ५ गते बस्ने बैठकमा मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्तावमाथि छलफल हुने



बागमती । बागमती प्रदेश सभाको बैठकले यही फागुन ५ गते दिउँसो २ बजे बस्ने भएको प्रदेशसभा सचिवालयले जनाएको छ । सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काका अनुसार आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा तयार गरिएको प्रदेश पर्यटन विधेयक–२०७७ सोमबार सचिवालयमा दर्ता भएको छ ।

फागुन ५ गते बिहान प्रदेशसभा कार्यपरामर्श समितिको बैठक बसी सोही दिन दिउँसो सञ्चालन हुने बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता गरिएको अविश्वासको प्रस्तावमाथि छलफल हुने र केही विधेयकको प्रस्ताव पनि प्रस्तुत हुने सम्भावना रहेको उनले बताए ।

यसअघि प्रदेशसभाको बैठक माघ १९ गते सञ्चालन हुने भनिएको भए पनि सूचना टाँस गरी अनिश्चितकालका लागि स्थगित गरिएको थियो । प्रदेशसभामा सत्तारुढ नेकपाको ८०, नेपाली कांग्रेसको २२, विवेकशील साझा दलको तीन, राप्रपाको दुई, नेपाल मजदुर किसान पार्टीको दुई र एक स्वतन्त्र गरी ११० जना सदस्य छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको अवरोध कायमै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले आज पनि संसद् अवरोधलाई

उच्चस्तरीय शासकीय सुधार आयोगको बैठक हुँदै

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा उच्चस्तरीय शासकीय सुधार आयोगको दोस्रो बैठक

म ब्रिटिसगोर्खाले त्यहाँका सैनिक सरह सेवा सुविधा पाउनुपर्छ भन्नेमा स्पष्ट छुः सभापति देउवा

ललिततपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ब्रिटिसगोर्खा सैनिकको इतिहास गर्व गर्न लायक

अहिलेको व्यवस्थालाई ठिक भन्ने मान्छे पो खराब हुन्ः अध्यक्ष लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकको प्रणाली परिवर्तन आवश्यक रहेको