संसद विघटनविरुद्धको आन्दोलनमा ऐक्यवद्धता प्रकट गर्न देउवाको अपील
काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध सोमबार हुने देशव्यापी प्रदर्शनमा सहभागी हुन अपील गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले आइतबार विज्ञप्ति जारी गरी प्रतिनिधिसभा विघटनविरुद्धको प्रदर्शनमा ऐक्यवद्धता जनाउन अपील गरेको हुन् ।
कांग्रेसले सोमबार ७७ वटै जिल्ला कार्यसमितिको नेतृत्वमा प्रतिगमविरुद्ध प्रदर्शन गर्दैछ ।
संसद विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेर नेपाली कांग्रेस एवं भातृसंस्था र शुभेच्छुक संस्थाले पुस १३, पुस २५, माघ ३, माघ ८, माघ १९ र माघ २४ गतेको विरोध प्रदर्शन गरिसकेका छन् ।
विज्ञप्तिमा भनिएको छ, संविधानमा भएको व्यवस्था प्रतिकुल, जनभावना विपरीतको कार्य विरुद्ध नेपाली कांग्रेस एकमतका साथ आन्दोलनमा छ । पार्टीको सबै तहका साथीहरूसंगै समस्त लोकतन्त्रवादीमा भोलिको विरोध प्रदर्शनमा व्यापक सहभागी भएर असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध एक्यवद्धता प्रकट गर्न अपील गर्दछु ।’