पूर्वप्रधानमन्त्री खनाल उपचारका लागि दिल्ली प्रस्थान
काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनाल नयाँ दिल्ली प्रस्थान गरेका छन्। नेता खनाल नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत दिल्ली प्रस्थान गरेका हुन् ।
खनाल नियमित स्वास्थ्य परीक्षणका लागि भारतको राजधानी दिल्ली उडेका नेकपाका नेता विष्णु रिजालले जनाएका छन्। स्वास्थ्य परीक्षणपछि उनी सोमवार स्वेदश फर्कनेछन्।