‘मिस्टर केपी ओली ! दुई तिहाइ होइन अब तपाइँको जमानत जफत हुनेछ’



काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले प्रतिगमनविरुद्धको आन्दोलनको आवाज नसुने २०६२, ६३ को भन्दा ठूलो आन्दोलन हुने चेतावनी दिएका छन् ।

प्रतिनिधिसभा विघटनकाविरुद्ध बुधबार काठमाडौंमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै प्रतिगमविरुद्ध देशनै आन्दोलित भएकाले त्यसलाई नजरअन्दाज गरिए दुर्भाग्य हुने चेतावनी दिएका हुन् ।

उनले निर्वाचन आयोगका पदाधिकारीलाई प्रदर्शनीमार्गको सभा हेरेर निर्णय गर्न आग्रह गरे । उनले यो जनउपस्थितिले अर्को नेकपा हुन नसक्ने भन्दै प्रक्रिया जेजे मिलाएपनि आधिकारिकता दिन नअलमलिन आग्रह गरे ।

उनले केपी ओलीलाई निर्वाचन गराएर दुई तिहाई ल्याउँछु भन्ने सपना नदेख्न आग्रह गरे । उनले भने, ‘मिस्टर केपी ओली तपाइँका खुट्टी हेर्दै पत्यायौं अब तपाइँले दुई तिहाइ होइन जमानत जफत हुनेछ । अब दुई वर्षपछि यो देशमा चुनाव हुन्छ तपाइँको जमानत जफत हुन्छ ।’ उनले प्रचण्ड र माधव नेपाललाई प्रधानमन्त्री बनाउन आफूहरु लडिरहेको नठान्न आग्रह गरे । खनालले लोकतन्त्रको रक्षाका लािग आफूहरुको लडाइँ रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पार्टीले समाजवादी क्रान्तिका लागि बलियो सैद्धान्तिक आधार तयार गरेको छ : अध्यक्ष नेपाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो

‘चिसो पानी’ले नुहाएपछि माओवादीले भन्यो-भिजिट भिसा प्रकरणको सत्यतथ्य पत्तालगाई दोषीलाई कारबाही गर्नुपर्छ

काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले अध्यागमन विभाग र भिजिट

मेरा विरुद्ध नियोजित र षड्यन्त्रपूर्वक ढंगले आक्रमण गर्ने प्रयास गरियोः गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफूलाई जोडेर आएका समाचारहरुमा कुनै

रास्वपाको विरोधकाबीच प्रतिनिधिसभा बैठक संचालन

काठमाडौँ । सभामुख देवराज घिमिरेले राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीको विरोधकाबीच