अब राप्रपाले विकल्प दिनुपर्छः डा. लोहनी



नुवाकोट । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले जनतालाई विकल्प दिन अब राप्रपा उठ्नुपर्ने बताएका छन् ।

बुधबार नुवाकोटमा आायोजित अन्तरक्रियामा अध्यक्ष लोहनीले नेकपाले जनताको अभिमतालाई व्यवस्थापन गर्न नसकेको र प्रतिपक्ष असफल भएकाले राप्रपाले विकल्प दिनुपर्ने बताएका हुन् ।

उनले राप्रपाले संवैधानिक राजसंस्था खोजेको र पहिचानको लागि सनातन हिन्दूराष्ट्र आवश्यक रहेको ठहर गरेको बताए । उनले भने, ‘आमनिर्वाचनपछि जनताले सुशासन र गुणस्तरीय आर्थिक विकासको आशा गरेका थियो । त्यो आशा चकनाचुर भएको छ । सरकारले जनताप्रति इमान्दारी गरेन र प्रतिपक्षले सरकारको जनविरोधी क्रियाकलापको विरुद्ध आवाज उठाउन सकेन । यस अर्थमा सरकार र प्रतिपक्ष दुवै असफल भएका छन् । यस परिवेशमा देशमा प्रजातन्त्र वचाउन र देशलाई दुर्घटनाबाट वचाउन राप्रपाले जनतालाई विकल्प दिन उठ्नु आज अनिवार्य भएको छ । संविधानलाई उपेक्षा गरेर चुनाव गराउने भन्छ तर सयौंको संख्यामा विकासको नाममा राजनीतिक नियुक्ति गर्दैछ । एकसाथ विकास खर्चपनि कटौती गर्दैछ । एकातिर आफ्नो अक्षमताको कारण विकास खर्च कटाउने अर्कोतिर ३०० भन्दा बढी कुनै मापदण्ड विना विकासको लागि भन्दै उपसचिवस्तरको राजनीतिक कार्यकर्ता भर्ति गर्ने यो गैरजिम्मेवारीको पराकाष्ठा हो । धाँधलीको सुरुवात पनि हो । यस्ता क्रियाकलापलाई संवैधानिक अंगहरुले नियन्त्रण गर्न नसक्ने हो भने देश दुर्घटनामा पर्ने निश्चित छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘टेक एन्ड पे’ का विषयमा एमाले र कांग्रेसबीच समझदारी

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा आज भएको सत्तापक्षीय राजानीतिक दलको बैठकले

प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक

काठमाडौं । सत्तारुढ दलको बैठक बसिरहेको छ । प्रधानन्त्री निवास बालुवाटारमा सत्तारुढ दलको

आज प्रतिनिधिसभाबाट बजेट पारित गरिने

  काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकबाट विनियोजन विधेयक, २०८२ पारित गरिने भएको छ

भू–माफियाले कब्जा गरेका जग्गा बाँड्ने कुरामा सत्यता छैनः मन्त्री अधिकारी

काठमाडौं । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भूमि वितरण र