प्रधानमन्त्रीले विरोधपत्र बुझ्न नमानेपछि अनेरास्ववियूद्वारा सडकमा प्रदर्शन



काठमाडौं । नेकपाको प्रचण्ड-नेपाल समूह निकटको अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनले प्रतिनिधिसभा विघटनको विरोध गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिरोध पत्र लेखेको छ ।

आइतबार अनेरास्ववियूले प्रधानमन्त्री ओलीलाई प्रतिनिधिसभा विघटनको विरोध गर्दै लेखिएको पत्र प्रधानमन्त्रीलाई नै दिन चाहे पनि समय नदिएपछि पत्रको ठूलो ब्यानर बनाएर प्रदर्शन गरेका हु्न् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिरोधपत्र दर्ता गर्न जाँदा पनि विरोध पत्र दर्ता नभएपछि अनेरास्ववियूले सडकमा नाराबाजी तथा प्रदर्शन गरेको थियो ।

अनेरास्ववियूका सह–संयोजक रञ्जित तामाङले देश गम्भीर संकटमा रहेको बेलामा युवा विद्यार्थीको तर्फबाट प्रधानमन्त्री ओलीसमक्ष आफ्नो भावना तथा धारणा राख्नु कर्तव्य ठानी प्रयास गरिएको भएपनि समय नदिएकोमा आपत्ति जनाए ।

आगामी दिनमा ओली सरकारका मन्त्रीको देश दौडाहामा विरोध प्रदर्शन गरिने सहसंयोजक तामाङ्गले बताए । अनेरास्ववियूले प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटनको विरोधमा निरन्तर विरोधको कार्यक्रम गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रकाशमानलाई सांसद ज्वालाको आग्रहः गणेशमानको बदनाम गनुभो, माफी माग्नुस्

काठमाडौँ । नेकपा एकीकृत सामाजवादीका सांसद प्रकाश ज्वालाले उपप्रधान तथा सहरी विकास मन्त्री

मन्त्री र शीर्षस्त नेताहरूको जिल्लामा बजेट बढी विनियोजन गरेर विभेद गरियोः सांसद केसी

काठमाडौँ । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले बजेट सन्तुलिन नभएको बताएका छन् ।

सबै जनताका माग सम्बोधन हुने विषयमा संविधान संशोधन गर्न हिच्किचाउनु हुँदैनः सांसद शर्मा(अन्तरवार्ता)

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा सुनीलकुमार शर्मा मोरङ निर्वाचन क्षेत्र नं ३

तीनकुने घटना राज्यको आतंकका कारण भयोः सांसद जबरा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवलशमशेर जबराले चैत १५ गते काठमाडौंको तीनकुनेमा