संसद् पुनःस्थापना हुनेमा विश्वस्त छुः नेता शर्मा
चितवन । नेकपाको प्रचण्ड नेपाल समूहका नेता जनार्दन शर्माले संविधानको रक्षा गर्न संसद् पुनःस्थापना गर्नुपर्ने बताएका छन् ।
संयुक्त एम्बुलेन्स चालक सङ्घ नेपालको स्थापना दिवस तथा तेस्रो साधारणसभामा मंगलबार उनले संसद् पुनःस्थापना हुनेमा आफू विश्वस्त रहेको बताए । उनले एम्बुलेन्स चालकलाई सरकारी कर्मचारीको रुपमा स्थापित गर्दै जनतालाई सहज स्वास्थ्य उपचार दिनुपर्नेमा जोड दिए ।