लोकतन्त्रको हत्या गरी श्री ३ बन्ने प्रधानमन्त्री ओलीको चाहनाः प्रचण्ड



बुटवल । नेकपाको प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको सपनामाथि कुठाराघात गरेकाले आन्दोलनमा उत्रिनु परेको बताएका छन् ।

प्रतिनिधिसभा विघटनविरुद्ध बिहीबार बुटवलमा आयोजित विरोध सभालाई सम्बोधनन गर्दै अध्यक्ष प्रचण्डले लोकतन्त्रको हत्या गरेर श्री ३ बन्ने चाहना प्रधानमन्त्री ओलीमा पलाएकाले आन्दोलनमा उत्रिनु परेको बताएका हुन् ।

उनले विगतमा पनि राजालाई जनताले जंगल पठाएका भन्दै अब केपी ओलीको निरंकुशता चुट्कीको भरमा ध्वस्त बताए । आफैंले प्रस्ताव गरेको पार्टी अध्यक्ष र प्रधानमन्त्री निरंकुशताको एजेन्ट बनेको आरोप अध्यक्ष प्रचण्डले लगाए ।

पार्टी एकता कायमै रहोस् र आर्थिक समृद्धि होस् भनेर आधा आधा समय प्रधानमन्त्री हुने सहमति आफूले छाडेको भन्दै अध्यक्ष प्रचण्डले तर तीन वर्ष नपुग्दै ओलीमा निरंकुश भावना पलाएको बताए ।

प्रतिनिधिसभा विघटनको मुद्दा अदालतमा चलिरहेको भन्दै अध्यक्ष प्रचण्डले सबैभन्दा ठूलो जनअदालत भएकाले यस्तो निरंकुश कदम पराजित गर्न भूमिका खेल्न आह्वान गरे । उनले नयाँ आत्मविश्वासको साथ छिट्टै नयाँ सरकार लिएर आउनेसमेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आगलागी पीडितको बसोबासको यथोचित प्रवन्ध गर्न सरकारसँग देउवाको माग

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेता कार्यकर्तालाई आगलागी प्रभावितको राहत

शक्तिमा रहँदा मात्तिनेहरु सकिन्छन्ः माधव नेपाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाज

प्रधानमन्त्रीसँग एडिबीका उपाध्यक्षको शिष्टाचार भेट

  काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग एसियाली विकास बैंक(एडिबी)का उपाध्यक्ष इङमिङ

नेपालको विद्युत प्रशारण लाइन निर्माणमा लगानी गर्ने चिनियाँ लगानीकर्ताको चाहना

  काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग चाइना इन्टरनेसनल डेभलपमेन्ट कोअपरेसन एजेन्सी