अदालतलाई कुनै पनि पक्षले दवाव र प्रभावमा पार्न हुन्नः कमल थापा



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकमा अहिले देखापरेको संवैधानिक अस्पष्टता र विवाददको निराकरण सर्वोच्च अदालतले गर्ने बताएका छन् । गृह जिल्ला मकवानपुरमा रहेका थापाले जिल्ला अध्यक्षहरुसँगको भर्चुअल बैठकमा अदालतलाई कुनै पनि पक्षले दवाव र प्रभाव दिन नहुने बताए ।

अब सबै अट्ने राजनीतिक प्रणालीले मात्र मुलुकलाई जोगाउने जनाउँदै थापाले कसैलाई पनि निषेध गर्न नहुने बताए । राप्रपाको अबको बाटो संगठन सुदृढीकरण, जनसंघर्ष र महाधिवेशन केन्द्रित हुनुपर्ने तथा जनताको घरदैलामा जान ढिलो गर्न नहुने जनाउँदै थापाले योजनाबद्ध र प्रभावकारी ढंगले पार्टी एकताको भावनानुरुप जिल्लामा संगठन केन्द्रित हुन आग्रह गरे ।

बैठकमा सचिवालय प्रमुखद्वय ध्रुवबहादुर प्रधान र भाष्कर भद्राले पार्टी निर्णय र कार्यान्वयन, संगठन सुदृढीकरण तथा भावी कार्यक्रमका बारेमा आआफ्नो धारणा राखेका थिए । आजको बैठकमा ३० जिल्लाका अध्यक्षको सहभागिता रहेको र बाँकी जिल्ला अध्यक्षको बैठक केही दिनभित्रै गरिने सचिवालय सदस्य राजाराम बर्तौलाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सर्वोच्चका न्यायाधीश भन्दा ठूलो फैसला दिने न्यायाधीश जनता हुन्ः ईश्वर पोखरेल

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन चुनौती दिएका छन् ।

ओली समूहद्वारा प्रमुख सचेतकबाट गुरुङलाई हटाएर विशाल भट्टराई नियुक्त

काठमाडौँ । नेकपाको केपी ओली समूहले पार्टी संसदीय दलको प्रमुख सचेतकबाट देव गुरुङलाई

पूर्वमन्त्री जोशीलाई मस्तिस्कघात

काठमाडौं । नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीलाई मस्तिष्काघात भएको छ । गएराति स्वास्थ्यमा

नमरी स्वर्ग नदेखिने नै हो ?

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देशमै स्वास्थ्य उपचारको पर्याप्त प्रवन्ध नहुनु चिन्ताको