ओलीले भ्रष्टाचारलाई संस्थागत गरेको लोहनीको आरोप



महाेत्तरी । राष्ट्रिय प्रजातन्त्त्र पार्टी (राप्रपा)का अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारलाई संस्थागत गरेको आरोप लगाएका छन् । महोत्तरीको जलेश्वरमा राप्रपा जिल्ला स्तरीय भेलालाई सम्बाेधन गर्दै लोहनीले यस्तो बताएका हुन् ।

उनले वाइडबडी, ओम्नी, ललितानिवास, यती समूहलगायत विवादित विषयमा सरकारकाे प्रत्यक्ष सहभागिताकाे कारण मुलुक भ्रष्टचारमा डुबेकाे दाबी गरे । सरकारकाे भ्रष्टचारका कारण अर्थतन्त्र नै डामाडोल भएकाे उनकाे दाबी थियो ।

मुलुकको समृद्धिका निम्ति अर्थ र राजनीति दुवै सुरक्षित ढङ्गले अघि बढ्नुकाे सट्टा प्रम ओलीले मुलुकको अर्थतन्त्र धरापमा परेको कारण राजनीति सुरक्षित नरहेको उनकाे भनाइ थियो ।

प्रधानमन्त्री कार्यालयको रवरछापको रुपमा राष्ट्रपति कार्यालय रहँदा राष्ट्रपतीय व्यवस्थाबाट मुलुकले अभिभावकीय भूमिका निर्वाह गर्न नसकेको कारण संविधान भित्रको राजसंस्थाले नेपाली बीचको एकता, अस्तित्व र नेपालीहरूलाई संरक्षण गर्नसक्ने भएकाे हुँदा देशकाे लागि राजसंस्था अपरिहार्यता झनै सान्दर्भिकता देखिएकाे बताए । ·

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एमालेले बोलायो सचिवालय बैठक

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक बुधबारका लागि डाकिएको छ । ललितपुर च्यासलस्थित

‘टेक एन्ड पे’ का विषयमा एमाले र कांग्रेसबीच समझदारी

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा आज भएको सत्तापक्षीय राजानीतिक दलको बैठकले

प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक

काठमाडौं । सत्तारुढ दलको बैठक बसिरहेको छ । प्रधानन्त्री निवास बालुवाटारमा सत्तारुढ दलको

आज प्रतिनिधिसभाबाट बजेट पारित गरिने

  काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकबाट विनियोजन विधेयक, २०८२ पारित गरिने भएको छ