मुलुकलाई राजनीतिक अस्थिरतामा लगियो : वरिष्ठ नेता पौडेल



काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद् विघटनसँगै देशलाई राजनीतिक अस्थिरतामा लगिएको बताएका छन् ।

काँग्रेस काठमाडौँ महानगरपालिका–१६ एकाइद्वारा बिहीबार आयोजना गरेको विरोधसभामा उनले झण्डै दुई तिहाइ बहुमत पाएको सरकारले पार्टीभित्रको विवादका कारण प्रतिनिधिसभा विघटन गरेर देशलाई राजनीतिक अस्थिरतामा लगेको आरोप लगाएका हुन् ।

“निर्वाचनमा गएर कांग्रेसलाई फाइदा भए पनि संसद् विघटनसँगै देशलाई ठूलो घाटा भएको छ”, उनले भने । संविधानले बहुमतको सरकारले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्न अधिकार नदिएको उनको जिकिर थियो ।

काँग्रेस काठमाडौँका सभापति सबुज बानियाँले संविधानले दिएको अधिकारभन्दा बाहिर गएर सरकारले संसद् विघटन गरेको आरोप लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
महाधिवेशन प्रतिनिधिको निर्वाचन वैशाख १० भित्र गर्ने राप्रपाको निर्णय

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले महाधिवेशन प्रतिनिधिको निर्वाचन आगामी वैशाख १० गतेभित्र सम्पन्न

संसद पुनःस्थापनका निम्ति पत्रकारिता जगतले खेलेको भूमिकाप्रति छाती गर्वले फुलेको छः सभामुख

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सुशासन कायम गर्न कानुनको शुद्धता र गुणस्तरले बढी

प्रधानमन्त्रीको राजीनामा आउँदैनः संचारमन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले प्रधानमन्त्रीलाई राजीनामा दिनबाट सर्वोच्चले

ममाथि शारीरिक हमला भए अनौठो मान्नु पर्दैनः प्रधानमन्त्री

पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि जुनसुकै बेला शारीरिक हमला हुन सक्ने