राजसंस्था पुनःस्थापनाको विकल्प छैनः अध्यक्ष लोहनी



सिरहा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले वर्तमान राजनैतिक अन्योललाई सर्वोच्च अदालतले उचित निर्णयमार्फत मुलुकलाई कानुनी र विधिको शासन स्थापित गर्नुपर्ने बताएका छन् ।

सिरहामा पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष लोहनीले मुलुकलाई अँध्यारो दिशातर्फ धकेल्न संविधानमा कतै नभएको धारा प्रयोग गरि प्रधानमन्त्री ओली स्वयम्ले राजनैतिक संकट निम्त्याएको बताए । उनले संसद विघटनपछि एकअर्काप्रतिको नकारात्मक टिप्पणीलाई नेपाली जनताले अब नसहने बताए ।

कुशासन, भ्रष्टाचार र राज्यको सम्पत्ति माथिको लुटले मुलुक अस्तव्यस्त भएको भन्दै लोहनीले जनजिवीकाका सवै प्रश्नहरु यतिबेला गौण भएका बताए ।

लोहनीले प्रधानमन्त्री ओलीको अधिनायकवादी चिन्तनलाई तत्काल नियन्त्रणको आवश्यकता रहेको बताए । मधेसी जनताको हक, अधिकार विभेदको अन्त्यको साथै राज्य व्यवस्थामा समावेशी र समानुपातिक प्रतिनिधित्वको लागि राप्रपा प्रतिवद्ध रहेको समेत बताए ।

उनले मुलुकलाई स्थायित्व दिन संविधान भित्रको राजसंस्था आजको आवश्यकता रहेको भन्दै राजसंस्था स्थापनार्थ राप्रपा आन्दोलित रहेको समेत बताए ।
सिराहा जिल्ला अध्यक्ष शम्भु यादवको सभापतित्वमा सम्पन्न भेलालाई राप्रपा केन्द्रीय नेताहरु महेशलाल माहासेठ, रामप्रताप साह, रामचन्द्र राय, श्याम तिमिल्सिना, कृष्ण प्रताप मल्ल, जनकराज पाठक, राजु लोहनी, शत्रुधन माहासेठ लगायतले सम्वोधन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कमला पुल निर्माणको जिम्मेवारी पाएको लुम्बिनी बिल्डर्ससँँगको ठेक्का तोड्ने तयारी

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले धनुषा र सिरहा जोड्ने कमला

युद्धग्रस्त मुलुकमा रहेका नेपालीको सुरक्षाका लागि सरकार के गर्दैछ ?

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०८२/८३

उखु किसानलाई दिइँदै आइएको अनुदान खारेज नगर्न माग

काठमाडौँ। राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले उखु किसानलाई दिइँदै आइएको अनुदान खारेज गर्ने निर्णय

राज्य व्यवस्था समितिका सभापतिको प्रश्नः निजामती विधेयक यहाँ आएर किन रोकियो ?

काठमाडौं । संसदको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले निजामती विधेयक