राजनैनिक तथा कुटनैतिक सवै रुपमा सरकार असफलः डा. लोहनी



मोरङ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले प्रधानमन्त्री ओलीका कारण प्रजातन्त्र धरापमा परेको आरोप लगाएका छन् । विराटनगरमा आयोजित कार्यक्रममा अध्यक्ष लोहनीले जनताले स्थिर सरकारको निमित्त झन्डै दुइ तिहाइ मत नेकपालाई दिएपनि नेकपाले त्यसको सदुपयोग गर्न नसकेको र आपसी घर झगडाका कारण जनप्रतिनिधि मुलक संस्थाको विघटन गरेको आरोप लगाएका हुन् ।

उनले नेपालको संविधानले प्रधानमन्त्री ओलीलाई संसद विघटन गर्ने अधिकार कतै नदिएको वताए । संसद विघटन कार्यको वैधानिकताको विषयमा अदालतले गर्ने फैसला ऐतिहासिक हुने भन्दै उनले कानुनीराजप्रति सवैको आस्था रहेको बताए । उनले राजनैनिक तथा कुटनैतिक सवै रुपमा सरकार असफल भैसकेको कारण वर्तमान सरकारको कारण अन्तर्राष्ट्रिय रुपमा नेपालको छवि समेत धमिलिएको बताए ।

उनले प्रधानमन्त्री ओलीको सर्वसत्तावादी चिन्तनको कारण प्रजातन्त्र धरापमा परेको र आफूहरु प्रजातन्त्रको संरक्षणको निमित्त राजसंस्था स्थापनार्थ आन्दोलनरत रहेको बताए । फरक प्रसंगमा उनले राजसंस्था र हिन्दूराष्ट्र राप्रपाको मूल सिद्धान्त रहेकोले यसको संरक्षण गर्नु आफूहरुको कर्तव्य रहेको बताए । भ्रष्टाचार र शक्तिको दुरुपयोग असाधारण रुपमा वढेको उल्लेख गर्दै अध्यक्ष लोहनीले जनता अब जुर्मुराउनुपर्ने बताए । पार्टीको चुनावचिन्ह सार्वजनिक तथा झन्डा अनावरण कार्यक्रममा पार्टीका अन्य नेताहरु श्याम तिमिल्सिना,जनकराज पाठक, सगुन लावती, राजु लोहनी, नरेश राई लगायतले सम्वोधन गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कर्णाली प्रदेशमा माओवादीका रणसिंह परियार मन्त्री नियुक्त

कर्णाली । कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्रका रणसिंह परियार विनाविभागीय मन्त्री नियुक्त भएका

दुई दिने नेपाल भ्रमण पूरा गरी कतारी अमिर स्वदेश फिर्ता

काठमाडौँ ।  कतारका अमिर शेख तमिम विन हमाद अल थानी नेपालको दुई दिने

संसद तीन ठूला राजनीतिक दलका शीर्षस्त नेताको कब्जा गयो

काठमाडौँ । विसं २०७९ प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि हालसम्म संसदका तीन वटा अधिवेशन पूरा

आसन्न महाधिवेशन कम्युनिष्ट आन्दोलनको ऐतिहासिक उपलब्धि होः पूर्वप्रधानमन्त्री खनाल

    काठमाडौँ ।  नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पार्टीको