सर्वोच्चको फैसला कांग्रेसलाई मान्य हुन्छ : डा कोइराला



विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले संसद् विघटनसम्बन्धमा सर्वोच्च अदालतले दिने निर्णय आफ्नो पार्टीलाई स्वीकार्य हुने बताएका छन् । मानव अधिकार तथा शान्ति समाज मोरङ शाखाको साधारणसभाका अवसरमा शनिबार विराटनगरमा आयोजित कार्यक्रममा उनले सर्वोच्चले कसैको दबाव र प्रभावमा नपरी निस्पक्ष रुपमा निर्णय सुनाउनेमा आफू विश्वस्त रहेको बताए ।

केन्द्रीय सदस्य कोइरालाले राष्ट्रलाई हामीले प्रमुख प्राथमिकतामा राख्नुपर्नेमा जोड दिँदै संविधान, लोकतन्त्र र सङ्घीयतालाई संस्थागत गर्न नागरिक समाज एवं राजनीतिक दलको काँधमा ठूलो जिम्मेवारी आएको बताए । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य जीवन घिमिरेले लोकतन्त्रलाई संस्थागत गर्न नागरिकको भूमिका महत्वपूर्ण हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रचण्ड–नेपाल समूहद्वारा संसद बैठक बहिस्कार

काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल समूहले प्रतिनिधिसभा बैठक बहिस्कार गरेको छ । आइतबारको प्रतिनिधिसभाको

सर्वोच्चको फैसला अपेक्षा गरेभन्दा फरकः प्रचण्ड

काठमाडौँ । नेकपाको प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वाेच्च अदालतको फैसला आफूहरुले

नेकपाका सांसदहरूका लागि सत्तापक्षमा नै बस्ने व्यवस्था मिलाइएको संसद सचिवालयद्वारा जानकारी

काठमाडौँ । संसद बैठकमा नेकपाका सांसद सत्तापक्षकै सिटमा बस्ने भएका छन्। । संसद्