पार्टीभित्र जन्मेको प्रतिपक्षीले काम गर्न नदिएपछि संसद विघटनः मन्त्री भट्ट



कैलाली । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले पार्टीभित्रको गलत प्रवृत्तिका विरुद्ध यतिबेला वैचारिक बहस गर्न जरुरी भएको बताएका छन् । नेकपाको ओली समूहको कैलालीको धनगढीमा मंगलबार भएको जिल्ला कमिटीको तेस्रो बैठकमा उनले पार्टीभित्र जन्मेको प्रतिपक्षीले काम गर्ने वातावरण नदिएपछि प्रधानमन्त्रीले संविधानबमोजिम प्रतिनिधिसभा विघटन गरी ताजा जनादेशमा जाने निर्णय लिएको स्पष्ट पारे ।

अहिलेको अवस्थामा पार्टीलाई जनतामाझ पुनःस्थापित गर्न सक्रियता देखाउनुपर्नेमा जोड दिँदै मन्त्री भट्टले भने, “आगामी निर्वाचनमा पार्टीलाई बलियो बनाउने प्रतिबद्धतासहित तयारीमा अहिल्यैदेखि जुट्नुपर्छ ।” भट्टले पार्टीका मनोनीत प्रदेश र जिल्ला कमिटीका सदस्यलाई शपथसमेत गराएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बागमती प्रदेशसभाको हिउँदे अधिवेशनको ५७ दिनमा ६ बैठक

  मनहरी ।  बागमती प्रदेशसभाको हिउँदे अधिवेशन ५७ दिन चलेकामा ६  वटा मात्रै

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासकाे मत

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबार

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न नसके मुलुकको समृद्धि हुँदैनः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्नेमा