संसद विघटनका कारण लोकतान्त्रिक गणतन्त्र धरापमाः नेता शर्मा



दैलेख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहका स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इञ्चार्ज जनार्दन शर्माले संसद विघटनका कारण लोकतान्त्रिक गणतन्त्र र सङ्घीयता धरापमा परेको बताएका छन् । दैलेखको दुल्लुमा शनिबार आयोजित विरोधसभालाई सम्बोधन गर्दै शर्माले भने, “पार्टी एकता गर्दा संविधान कार्यान्वयनलाई मुख्य विषय बनाइएको तर त्यसो हुन सकेन । यो प्रतिगमन भयो । प्रतिनिधिसभा विघटन भयो ।”

स्थायी कमिटी सदस्य योगेश भट्टराईले प्रतिगमन विरुद्धमा देश एकजुट भएर विरोध उत्रेको दावी गरे । देश प्रतिगमनमा जाला भन्ने विषय आफूहरूले नसोचेको बताउँदै उनले भने, “घरभित्र समस्या छ भनेर बस्तीमै आगो लगाउनु कदापी राम्रो होइन । घर त खरानी भयो नै देशमा पनि आगो लागेको छ । जनताले बुझिसकेका छन् ।” पार्टी केन्द्रीय सदस्य एवं कर्णाली प्रदेशका अर्थमन्त्री प्रकाश ज्वाला र विदेश विभाग उपप्रमुख तथा केन्द्रीय सदस्य विष्णु रिजाललगायत नेताले विघटित प्रतिनिधिसभा पुनः स्थापना हुने विश्वास व्यक्त गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इलाम -२ र बझाङमा शान्तिपूर्णरुपमा मतदान जारी

काठमाडौं । इलाम–२ र बझाङमा मतदान सुरु भएको छ । इलाम–२ मा प्रतिनिधिसभा

आगलागी पीडितको बसोबासको यथोचित प्रवन्ध गर्न सरकारसँग देउवाको माग

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेता कार्यकर्तालाई आगलागी प्रभावितको राहत

शक्तिमा रहँदा मात्तिनेहरु सकिन्छन्ः माधव नेपाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाज

प्रधानमन्त्रीसँग एडिबीका उपाध्यक्षको शिष्टाचार भेट

  काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग एसियाली विकास बैंक(एडिबी)का उपाध्यक्ष इङमिङ