संविधानमाथि प्रहार हुँदा कांग्रेस चुप लागेर बस्दैनः नेता सिंह



काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले विश्वासको मत लिन नसकेर संसद् विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको मत लिन निर्वाचन गर्छन् भनेर पत्याउन नसकिने बताएका छन् ।

संसद् विघटनको विरुद्धमा कांग्रेसले देशभरका ३३० प्रदेश निर्वाचन क्षेत्रमा गरिरहेको विरोधसभा अन्तर्गत काठमाडौं १ (क) मा आयोजित विरोध सभामा सिंहले ओलीले निर्वाचन नगराउने बताएका हुन् ।

उनले ओलीको असंवैधानिक कदम सच्चाउनुको विकल्प नभएको समेत बताए । ‘दुई तिहाइ मत पाएको प्रधानमन्त्री भन्ने। तर संसदमा विश्वासको मत लिन नसक्नेले निर्वाचन कसरी गराउँछ,’ सिंहले भने, ‘निर्वाचन हुने ग्यारेन्टी कसले लिन्छ। त्यसैले संसद विघटनको असंवैधानिक कदम सच्चाउनुको विकल्प छैन।’ उनले कांग्रेस नेतृत्वमा जारी भएको संविधान माथि प्रहार हुँदा कांग्रेस चुप लागेर नबस्ने बताए ।

‘करिब दुई तिहाइ मत प्राप्त गरेको नेकपाको सरकार संविधान अनुसार नै हिँडेको भए राम्रो हुन्थ्यो। संविधानको बाटो छोडेर संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरेर संसद् विघटन गरिएको छ,’ सिंहले भने, ‘०४७ सालको संविधान अनुसार बनेका सरकार अस्थिर बनेपछि प्रधानमन्त्रीलाई संसद् विघटनको विशेषाधिकार नदिइएको हो। प्रधानमन्त्रीले संविधानको बाटो हिढेको भए अस्थिरताको भूमरीमा देशको राजनीति फस्दैन थियो।’

ओलीले पार्टी भित्रको व्यवस्थापन गर्न नसक्दा हुँदै नभएको अधिकार प्रयोग गरी संसद् भंग गरेको भन्दै असंवैधानिक कदम चालेर आफुले गरेको काम सही हो भन्न ओली देश दौडाहमा निस्किएको उनको भनाइ छ। ‘उहाँ (ओली) आफ्नो कदम सही हो भन्दै जिल्ला तिर गइरहनुभएको छ। जनता त्यती मुर्ख छैनन्,’ उनले भने, ‘संविधानको धारा १०० अनुसार विश्वासको मत लिएको भएत उहाँकै नेतृत्वको सरकारले निरन्तरता पाउने थियो नी। किन संविधान भन्दा बाहिर गएर कदम चाल्नुभयो त।’

उनले संसद् विघटनको विषय सर्वोच्च अदालतले हेरिरहेको र अदालतले अदालतले व्याख्या गर्दा संविधानको भावना र मर्म अनुसार गर्नेमा आफू विश्वस्त रहेको बताए। असंवैधानिक कदम नसच्चाए मुलुकको राजनीति अँध्यारो सुरुङमा फस्ने सिंहको भनाइ थियो।

उनले स्वास्थ्य सामाग्री खरिद, ओम्नी काण्ड, यति काण्ड लगायतका दर्जनौं काण्डमा फसेको सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको बताए। ‘सरकार सुशासन दिनेमा होइन कुशासनमा सफल भएको छ। त्यसको पुष्टि ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदनले गरेको छ,’ सिंहले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कांग्रेसको क्रियाशील सदस्यता विवरण सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनका सन्दर्भमा पार्टीको विधान, नियमावली र केन्द्रको

केपी ओली पुनः प्रधानमन्त्री नियुक्त हुँदै

काठमाडौं । बहुमत नपुग्ने भएपछि नेपाली कांग्रेस र माओवादी केन्द्रले सरकारको दाबी नगर्ने

ओलीसँगको वार्तापछि माधव नेपालले भने- राजीनामा तत्काललाई टर्‍यो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले तत्काललाई सांसद पदबाट राजीनामा

ठोस प्रस्ताव र लिखित सहमति विना ओलीसँग अलमलमा पर्नुहुन्नः रामकुमारी झाँक्री

काठमाडौं । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले ठोस प्रस्ताव र लिखित सहमति विना