प्रदेशस्तरीय सभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली धनगढीमा



धनगढी । कैलालीको धनगढीमा हुने पार्टीको सभालाई सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली धनगढी आइपुगेका छन् । नेकपा ओली समूहले शुक्रबार धनगढीमा आयोजना गर्न लागेको सभालाई सम्बोधन गर्न प्रधानमन्त्री धनगढी आइपुगेका हुन् ।

प्रधानमन्त्रीको स्वागतका लागि उनी पक्षीय नेतामात्र विमानस्थल पुगेका थिए । सुदूरुपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट भने प्रधानमन्त्रीलाई स्वागत गर्न विमानस्थल गएनन् । प्रधानमन्त्रीले आज धनगढीको खुलामञ्चमा आयोजना हुने प्रदेशस्तरीय सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । नेकपाको प्रचण्ड नेपाल समूहका कार्यकर्ताले भने प्रधानमन्त्रीको विरोधमा टायर बालेर विरोध प्रदर्शन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गुणस्तरीय काम नहुँदा राज्यलाई अतिरिक्त दायित्व थपियो : प्रधानमन्त्री

हेटौँडा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्झौताअनुरूप गुणस्तरको काम नहुँदा राज्यमाथि अतिरिक्त दायित्व

कांग्रेसको सहकारी र आदिवासी विभागमा दश/दश सदस्य मनोनित

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहकारी र आदिवासी जनजाति विभागमा सदस्यहरू

महिला सशक्तीकरणको मुख्य आधार आर्थिक सवलीकरण होः प्रधानमन्त्री

  काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तीकरणको सबैभन्दा प्रमुख आधार आर्थिक

चीनको नजिकको छिमेकी नेपालले पनि जिडिआइको सफलताबाट उल्लेखनीय लाभ उठाउन सक्छः उपाध्यक्ष पौडेल

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले चीनले अघि सारेको वैश्विक विकास प्रयास