त्रिभुवनले भारतमा नेपाल गाभ्ने प्रस्ताव गरेको भन्दै गरिएको प्रचारको कमल थापाद्वारा प्रतिवाद
काठमाण्डौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजा त्रिभुवनले नेपाललाई भारतमा गाभ्न नेहरुसमक्ष प्रस्ताव गरेका थिए भन्ने मिडियावाजी र कुप्रचारको प्रतिवाद गरेका छन् । अध्यक्ष थापाले ट्वीट गर्दै नेपाललाई भारतको प्रान्त बनाउने राजा त्रिभुवनको प्रस्ताव नेहरुले अस्वीकार गरेको भन्ने प्रचार झुटो भएको बताएका हुन् ।
थापाले लेखेका छन्, ‘यो एउटा पक्षपाती र अप्रमाणिक विचार हो । कुनै पनि कागजात र साक्षीले यस दावीलाई समर्थन वा पुष्टि गर्दैनन् । मुखर्जीकोे दावी विगतमा उहाँ जीवित हुदै अस्वीकार गर्दै खण्डन गरिएको छ । यस दाबीको उहाँले कहिल्यै पनि विश्वसनीय प्रतिरक्षा पनि गर्नु भएन । जब राजतन्त्रको लोकप्रियताले नेपालमा उचाई लिन्छ तब यस्ता झूट प्रचार गरिनु यो द्वेषपूर्ण छ ।’