प्रदेश दुईमा प्रचण्ड-नेपाल समूहको संसदीय दलको नेतामा महतो चयन



जनकपुरधाम । प्रदेश दुईमा नेकपाको प्रचण्ड-नेपाल समूहले शत्रुघन महतोलाई संसदीय दलको नेतामा चयन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय नेता सत्यनारायण मण्डलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव पारित भएपछि दलको नेता चयनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरिएको थियो ।

निर्वाचन कार्यक्रमअन्तर्गत मंगलवार दिउँसो २ बजेसम्म मनोनयन दर्ता र २ः४५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने समय निर्धारण गरिएकोमा महतोको एकल उम्मेदवारी परेकाले निर्विरोध चयन गरिएको निर्वाचन संयोजक जगतप्रसाद यादवले जानकारी दिए ।

महतोलाई दल नेता चयन गर्न बहुमत १९ जना सांसदको हस्ताक्षर समेत संकलन गरिएको उपनेता रामकुमार यादवले बताए । प्रदेशमा नेकपाका ३२ जना सांसद छन् ।

प्रधानमन्त्री ओली पक्षधर मण्डल लगायतका सांसद दलको बैठकदेखि निर्वाचन प्रक्रियासम्म सहभागी भएका थिएनन् । मंगलबारै बसेको नेकपा प्रदेश संसदीय दलको बैठकले मण्डल विरुद्धको अविश्वासको प्रस्ताव पारित गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एमालेले बोलायो सचिवालय बैठक

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक बुधबारका लागि डाकिएको छ । ललितपुर च्यासलस्थित

‘टेक एन्ड पे’ का विषयमा एमाले र कांग्रेसबीच समझदारी

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा आज भएको सत्तापक्षीय राजानीतिक दलको बैठकले

प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक

काठमाडौं । सत्तारुढ दलको बैठक बसिरहेको छ । प्रधानन्त्री निवास बालुवाटारमा सत्तारुढ दलको

आज प्रतिनिधिसभाबाट बजेट पारित गरिने

  काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकबाट विनियोजन विधेयक, २०८२ पारित गरिने भएको छ