मुलुकलाई गम्भीर सङ्कटमा धकेल्ने षड्यन्त्र भएकाले संसद विघटनः उपप्रधानमन्त्री पोखरेल



काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रतिनिधिसभा विघटन गरी निर्वाचनमा जानु सरकारको बाध्यात्मक कदम भएको बताएका छन् ।

नेकपाको ओली समूहले सिरहाको चोहर्वामा आयोजना गरेको जिल्लास्तरीय कार्यकर्ता भेलामा उपप्रधानमन्त्री पोखरेलले निर्वाचित प्रधानमन्त्रीलाई काम गर्न नदिने र मुलुकलाई गम्भीर सङ्कटमा धकेल्ने षड्यन्त्र भइरहेकाले त्यसलाई चिर्न सरकारले बाध्यात्मक रुपमा संसद् विघटन गरी जनतामा जाने निर्णय गरेको बताएका हुन् ।

निर्वाचित प्रधानमन्त्रीलाई जनादेश अनुसार पाँच वर्ष काम गर्न नदिएपछि ताजा जनादेशमा जाने अधिकार रहेको दाबी गर्दै उनले निर्वाचनले लोकतान्त्रिक गणतन्त्रलाई अझ बलियो बनाउने भएकाले निर्वाचनबाट कोही भाग्न नहुने बताए ।

उनले प्रधानमन्त्रीविरुद्ध पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालले तयार पारेको आरोपपत्र फिर्ता लिएर ताजा जनादेशका लागि निर्वाचनमा जान तयार भए अझै पार्टी एकता कायम रहने सम्भावना रहेको उल्लेख गरे ।

कार्यक्रममा शहरी विकासमन्त्री प्रभु साहले प्रधानमन्त्रीले बाध्यात्मक अवस्थामा प्रतिनिधिसभा विघटन गर्नुपरेको भन्दै आगामी वैशाखमा हुने निर्वाचनले नै मुलुुकलाई निकास दिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बागमती प्रदेशसभाको हिउँदे अधिवेशनको ५७ दिनमा ६ बैठक

  मनहरी ।  बागमती प्रदेशसभाको हिउँदे अधिवेशन ५७ दिन चलेकामा ६  वटा मात्रै

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासकाे मत

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबार

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न नसके मुलुकको समृद्धि हुँदैनः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्नेमा