इन्जिन विग्रिएको नेकपाले मुलुकलाई अग्रगामी दिशामा लान सक्दैनः अध्यक्ष यादव



जनकपुरधाम । जनता समाजवादी पार्टी नेपालका केन्द्रीय कार्यकारिणी अध्यक्ष उपेन्द्र यादवले विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धीहरुको रक्षा गर्ने जिम्मेवारी आफ्नो पार्टीको काँधमा आएको बताएका छन् । जसपाको युवा संगठन समाजवादी युवा संघले आइतबार जनकपुरमा आयोजना गरेको दुई दिने युवा प्रशिक्षण कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष यादवले संविधानमा रहेका असन्तुष्टिहरुलाई सम्बोधन गर्न संविधान परिमार्जन गर्नुपर्ने बेला प्रधानमन्त्री केपी शर्मा ओलीले संघीयता र गणतन्त्रलाई नै समाप्त गर्ने चेष्टा गरेको बताए ।

उनले नेकपाको पछिल्लो गतिविधिले मुलुकमा उसको काम नरहेको स्पष्ट भैसकेको र काँग्रेस पनि ढुलमुले भएकोले लामो आन्दोलनबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्ने जिम्मेवारी जसपाको काँधमा आएको दावी गरे ।

‘डेटएक्सपायर’ भैसकेको नेपाली काँग्रेस र इन्जिन विग्रिएको नेकपाले मुलुकलाई अग्रगामी दिशामा लान नसक्ने उल्लेख गर्दै अध्यक्ष यादवले परिवर्तनको संबााहक युवाहरुले अबको नेतृत्व लिनु पर्नेमा जोड दिए ।

कार्यक्रममा कार्यकारिणी समितिका सदस्य सरतसिह भण्डारीले ओली नेतृत्वको सरकारले चुनाव गराउन नभई सत्तामा टिकी राख्न र थप प्रतिगमनकारी कदमहरु चाल्न संसद विघटन गरेको आरोप लगाए । उनले न्यायपालिकालाई समेत संसद पुनस्र्थापना नगर्न दिन दहाडै धम्की दिने प्रधानमन्त्री ओलीलाई सडकबाटै परास्त गर्नुपर्ने बताए ।

त्यस्तै प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघीयता र समावेशीतालाई समाप्त गर्न प्रतिगामीकारी शक्तिहरुले योजनावद्ध संविधानको मर्म विपरीत प्रतिनिधि सभा विघटन भएको दावी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सार्वजनिक खर्च जुटाउन सबै तहका सरकारले विवेकपूर्ण राजस्व परिचालन गर्नुपर्छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६औँ योजनामा एकीकृत पूर्वाधार निर्माण र सूचना

‘विदेश उत्तम, स्वदेश खत्तम’ भन्ने बुझाई गलत छ : अशोक राई(अन्तरवार्ता)

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपाल, सङ्घीय परिषद् अध्यक्ष अशोककुमार राईले राजनीतिक

कर्णाली प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिँदैछन् । गत