अविश्वासको प्रस्ताव पेश भए सामना गर्छु : मुख्यमन्त्री गुरुङ



गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सरकारमाथि अविश्वासको प्रस्ताव पेश भए सामना गरिने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षणमा उनले केन्द्रमा जे जस्तो विवाद भए पनि प्रदेशभित्र सरकार सञ्चालनमा मिलेर जानुपर्ने पक्षमा आफू रहेको भन्दै अविश्वासको प्रस्ताव नै आए सामना गर्नुको विकल्प नरहेको बताए ।

उनले प्रचण्ड–माधव समूहलाई केन्द्रमा झगडा भए पनि प्रदेशमा मिल्नुपर्छ भन्दै मिलेर जान आग्रह गरिएको बताए । साविकका माओवादी केन्द्र र नेकपा एमाले अलगअलग भएर नै प्रदेशमा सरकार बनाएको भन्दै अरुलाई उदाहरण देखाउन पनि अहिले गण्डकी प्रदेशमा मिलेर जान आग्रह गरिएको मुख्यमन्त्री गुरुङले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सर्वोच्चद्वारा नेपाली कांग्रेसका सांसद गुरुङको निलम्बन फुकुवा

काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । शुक्रबार

गुणस्तरीय काम नहुँदा राज्यलाई अतिरिक्त दायित्व थपियो : प्रधानमन्त्री

हेटौँडा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्झौताअनुरूप गुणस्तरको काम नहुँदा राज्यमाथि अतिरिक्त दायित्व

कांग्रेसको सहकारी र आदिवासी विभागमा दश/दश सदस्य मनोनित

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहकारी र आदिवासी जनजाति विभागमा सदस्यहरू

महिला सशक्तीकरणको मुख्य आधार आर्थिक सवलीकरण होः प्रधानमन्त्री

  काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तीकरणको सबैभन्दा प्रमुख आधार आर्थिक