प्रतिनिधिसभा पुनःस्थापना अहिलेको आवश्यकताः पौडेल



पोखरा । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानको संरक्षण गरे मात्रै लोकतन्त्र बलियो हुने बताएका छन् । कांग्रेस कास्कीद्वारा ४५औंँ राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा पोखरामा बिहीबार आयोजित ‘वर्तमान अवस्थामा राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको सान्दर्भिकता’ विषयको प्रवचन कार्यक्रममा पौडेलले संविधानको संरक्षण गरे मात्रै लोकतन्त्र बलियो हुने भएकाले प्रतिनिधिसभा पुनःस्थापना अहिलेको आवश्यकता भएको बताए ।

प्रतिनिधिसभा भङ्ग भएपछि अन्तरराष्ट्रिय खिंचातानीको भुमरीमा देशलाई पार्न खोजिएको भन्दै पौडेलले प्रतिनिधिसभा पुनःस्थापना नै अहिलेको समस्या समाधान भएको स्पष्ट पारे । निर्वाचनमा गए कांग्रेसलाई फाइदा भए पनि ७० वर्ष लडेर ल्याइएको लोकतान्त्रिक गणतन्त्र धरापमा पर्ने जिकिर उनले गरे । कांग्रेस निर्वाचनसँग नडराएको जनाउँदै उनले विधि र प्रक्रियासँगै संविधानको रक्षाका लागि आफू पार्टीमा पनि लडेको र सरकारसँग पनि लड्ने बताए ।

वाम गठबन्धनलाई पाँच वर्षसम्म सरकार चलाउन जनादेश दिइएकामा पार्टीभित्रको विवाद मिलाउन नसकेर प्रतिनिधिसभा भङ्ग गरिएको आरोप लगाउँदै वरिष्ठ नेता पौडेलले जनताको चाहना र इच्छामाथि कुठाराघात गर्न नपाइने बताए ।

कार्यक्रममा पूर्वसभामुख एवं कांग्रेसका पूर्वमहामन्त्री तारानाथ रानाभाटले प्रतिनिधिसभा विघटनले नेपाली जनताले दुःखले ल्याएको संविधान खतरामा परेको टिप्पणी गर्दै त्यसको पुनःस्थापना नै अहिलेको उपयुक्त विकल्प हुने बताए ।

कांग्रेस नेता शुक्रराज शर्मा, पूर्वमन्त्री एवं आमन्त्रित केन्द्रीय सदस्य कुमार खड्का, पूर्वमन्त्री यज्ञबहादुर थापा, सोभियतबहादुर अधिकारी, खेमराज पौडेल, देवराज चालिसे, कास्की कांग्रेसका सभापति कृष्ण केसीलगायतले देश संकटमा परेका बेला बिपी कोइरालाले राष्ट्रिय एकता र मेलमिलापको नीतिलाई अवलम्बन गरेको बताउँदै वर्तमान सन्दर्भमा पनि यसको उत्तिकै सान्दर्भिकता रहेकामा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्रीसँग एडिबीका उपाध्यक्षको शिष्टाचार भेट

  काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग एसियाली विकास बैंक(एडिबी)का उपाध्यक्ष इङमिङ

नेपालको विद्युत प्रशारण लाइन निर्माणमा लगानी गर्ने चिनियाँ लगानीकर्ताको चाहना

  काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग चाइना इन्टरनेसनल डेभलपमेन्ट कोअपरेसन एजेन्सी

डढेलो नियन्त्रणमा सरकार असंवेदनशील भयोः शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले डढेलोले गर्ने क्षति वर्षेनि बढिरहेको

बागमती प्रदेशसभाको हिउँदे अधिवेशनको ५७ दिनमा ६ बैठक

  मनहरी ।  बागमती प्रदेशसभाको हिउँदे अधिवेशन ५७ दिन चलेकामा ६  वटा मात्रै