माओवादी केन्द्रसँगको एकता फापेनः शिक्षा मन्त्री



काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री कृष्ण गोपाल श्रेष्ठले नेकपा माओवादी केन्द्रसँगको एकता नफापेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काठमाडौं क्षेत्र नम्बर ९ ले बिहीबार गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै शिक्षामन्त्री श्रेष्ठले पार्टी एकताले आफ्ना राजनीतिक गतिविधिहरुलाई पेण्डुलम बनाएको बताए ।

उनले पार्टी एकताले पार्टीका राजनीतिक गतिविधि जाम भएको उल्लेख गर्दै अब भने राजनीतिक गतिविधिमाथि कसैले अंकुश लगाउन नसक्ने बताए । मन्त्री श्रेष्ठले प्रचण्ड माधव नेपालले सूर्य चिन्ह पाउने भएपनि भीम रावल र नारायणकाजी श्रेष्ठले सूर्य चिन्हमा चुनाव लडन नपाउने जिकिर गरे ।

मन्त्री श्रेष्ठले आफ्नो घरमा बसेका डेरावालले घरवेटीलाई निकाल्ने कुरा युक्तिसंगत नभएको भन्दै आफूहरुले कसैलाई पनि पार्टीबाट निष्काशन नगरि सदस्यहरु मात्रै विस्तार गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कतारी अमिरको भ्रमणबाट दुई देशबीचको सहकार्य नयाँ चरणमा प्रवेश गरेको छः उर्जामन्त्री बस्नेत(अन्तरवार्ता)

काठमाडौँ । कतारका अमिर शेख तमिम विन हमाद अल थानीको नेपालको दुईदिने राजकीय

बागमती प्रदेशसभाको अधिवेशन अन्त्य

मकवानपुर । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले बागमतीे प्रदेशसभाको चालु अधिवेशनको बैठकको आज

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

काठमाडौँ । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । संघीय

कर्णाली प्रदेशमा माओवादीका रणसिंह परियार मन्त्री नियुक्त

कर्णाली । कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्रका रणसिंह परियार विनाविभागीय मन्त्री नियुक्त भएका