अनेरास्ववियूद्वारा एक हजार ९९ सदस्यीय केन्द्रीय कमिटी विस्तार



काठमाडौं । अनेरास्ववियू केन्द्रीय कमिटिको दोस्रो पूर्ण बैठकले प्रधानमन्त्री केपी ओलीको प्रतिनिधिसभा विघटनको निर्णयलाई बाध्यात्मक कदमका रुपमा ग्रहण गर्ने निर्णय गरेको छ ।

मंगलबार काठमाडौमा आयोजित पत्रकार सम्मेलनमा अनेरास्ववियूका संयोजक ऐन महरले प्रधानमन्त्री ओलीले गरेको प्रतिनिधिसभा विघटनको निर्णयलाई पार्टीका केही नेताहरुबाट आफ्ना नीहित स्वार्थका लागि निरन्तर भइरहेको असहयोग, घेराबन्दी र षड्यन्त्रलाई चिर्न र जनताको अभिमतलाई गलत ठाँउमा जान नदिन गरिएको बाध्यात्मक कदमका रुपमा ग्रहण गर्ने निर्णय गरेको जानकारी दिए । त्यस्तै बैठकले अनेरास्ववियूको विधान संसोधन गरी ३३५ जनाको केन्द्रीय कमिटीलाई बिस्तार गरी १ हजार ९९ सदस्यीय हुने व्यवस्था गरेको छ ।

अनेरास्ववियूको २०७६ साल पौष २७ र २८ गते सम्पन्न प्रथम बैठकबाट पारित भई लागू भएको अन्तरिम विधान २०७६ को भाग ९ धारा ४७ मा व्यवस्था भए बमोजिम विधानको धारा १५ संशोधन गरी अनेरास्ववियूको ३३५ सदस्यीय केन्द्रीय कमिटीलाई विस्तार गरी १ हजार ९९ सदस्यीय हुने व्यवस्था गरिएको संयोजक महरले बताए ।

बैठकले कोरोना महामारीका कारण लामो समयदेखि अवरुद्ध शिक्षा प्रणाली, शैक्षिक सत्र, परीक्षा र पठनपाठन तत्काल सुरु गर्न सरकार र सरोकारवालाको ध्यानाकर्षण गर्ने निर्णय भएको उनले जानकारी दिए । स्ववियू निर्वाचन आगामी फागुन १४ गते देशैभर एकसाथ सबै विश्वविद्यालयमा गर्ने वातावरण बनाउन सरकार र विश्वविद्यालयको ध्यानाकर्षण गराएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक वैशाख २८ र २९ गते काठमाडौँमा हुने

  काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटी बैठक यही

गठबन्धनमा त्यस्तो केही समस्या छैनः गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुदूरपश्चिम प्रदेश सरकार निर्माणका क्रममा भएको

नागरिक उन्मुक्तिका पाँच सांसदले भने-मुख्यमन्त्री सोडारीलाई हाम्रो समर्थन छैन, कीर्ते हस्ताक्षर भयो

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घ सोडारी मुख्यमन्त्री

कोशी प्रदेशसभा बैठकमा सङ्कल्प प्रस्ताव पेस

विराटनगर । कोशी प्रदेशसभाको बिहीबारकोे बैठकमा सङ्कल्प प्रस्ताव पेस भएको गरिइएको छ ।