सुझावको आवरणमा विदेशीले हस्तक्षेप गर्न थाले नेपाली जनताको निर्णायकत्वको के हाल होला ?



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले विदेशी हस्तक्षेपमा बुद्धिजिवी वर्ग आमसंचारमाध्यम चुप लागेका भन्दै आपत्ति जनाएका छन् ।

मंगलबार बिहान सामाजिक संजाल फेसबुकमार्फत अध्यक्ष थापाले चिनियाँ र भारतीय पक्षबाट सुझावको आवरणमा हस्तक्षेप भइरहेको बताएका हुन् ।

उनले लेखेका छन्, ‘मैले नबुझेको हो वा बढी बुझेको हो,थाहा छैन। चिनियाँ कम्युनिष्ट पार्टीले झैं अन्तर्र्राष्ट्रिय भाइचारा र समान बिचारधारा भन्दै भारतीय कंग्रेसले नेपाली कंग्रेस र भाजपाले राप्रपाको आन्तरिक मामिलामा सुझावको आवरणमा दवाव, प्रभाव, हस्तक्षेप दिन वा गर्न थाले र त्यसलाई स्विकार गर्ने प्रवृत्ति कायम रहे नेपालको स्वाभिमान, सार्वभौमिकता र नेपाली जनताको निर्णायकत्वको के हाल होला ? बुद्धिजीवी वर्ग र आम संचारमाध्यमहरू किन बोलिरहेका छैनन् ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बागमती प्रदेशसभाको हिउँदे अधिवेशनको ५७ दिनमा ६ बैठक

  मनहरी ।  बागमती प्रदेशसभाको हिउँदे अधिवेशन ५७ दिन चलेकामा ६  वटा मात्रै

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासकाे मत

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबार

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न नसके मुलुकको समृद्धि हुँदैनः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्नेमा