अदालतको निर्णय आफूहरुलाई स्वीकार्य हुने कोइरालाको भनाई



विराटनगर । नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर ६ ले संसद् विघटनको विरोधमा सोमबार र्याली र कोणसभाको आयोजना गरेको छ । वीरेन्द्र सभागृहबाट निकालिएको र्याली नगरपरिक्रमापश्चात् जनआन्दोलन चोकमा कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै कांग्रेस केन्द्रीय सदस्य डा शेखर कोइरालाले संसद् विघटनसम्बन्धी सर्वोच्च अदालतको निर्णय स्वीकार्य हुने बताए ।

उनले कांग्रेस वामपन्थीसँग सहकार्य गरी सरकारमा सहभागी नहुने प्रष्ट पार्दै एक्लै निर्वाचनको तयारीका लागि पालिकास्तरमा विरोधसभा गर्नुपर्नेमा जोड दिए ।

केन्द्रीय सदस्य डा कोइरालाले राष्ट्रियता, लोकतन्त्र र गणतन्त्रलाई सवल बनाउने जिम्मेवारी नेकाको काँधमा आएको बताए । अर्का केन्द्रीय सदस्य डा डिला सङ्ग्रौलाले संसद् विघटनबाट संविधान कार्यान्वयनमा अवरोध सिर्जना भएको आरोप लगाउँदै विधिको शासन स्थापना गर्नुपर्नेमा जोड दिइन् । सांसद रमेशजङ्ग रायमाझीले वर्तमान सरकार शिक्षा, स्वास्थ्य र नागरिकको उपचार कार्यमा लाग्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कमला पुल निर्माणको जिम्मेवारी पाएको लुम्बिनी बिल्डर्ससँँगको ठेक्का तोड्ने तयारी

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले धनुषा र सिरहा जोड्ने कमला

युद्धग्रस्त मुलुकमा रहेका नेपालीको सुरक्षाका लागि सरकार के गर्दैछ ?

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०८२/८३

उखु किसानलाई दिइँदै आइएको अनुदान खारेज नगर्न माग

काठमाडौँ। राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले उखु किसानलाई दिइँदै आइएको अनुदान खारेज गर्ने निर्णय

राज्य व्यवस्था समितिका सभापतिको प्रश्नः निजामती विधेयक यहाँ आएर किन रोकियो ?

काठमाडौं । संसदको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले निजामती विधेयक