हिन्दू राष्ट्रको पुनःस्थापनाको माग गर्दै राप्रपाद्वारा काठमाडौंमा मोटरसाइकल र्‍याली



काठमाडौं । राष्टिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजसंस्था र हिन्दू राष्ट्रको पुनःस्थापनाको माग गर्दै काठमाडौंमा बृहत मोटरसाइकल र्‍याली निकालेको छ । र्‍याली बबरमहलबाट शुरु भएर थापाथली त्रिपुरेश्वर सुन्धारा रत्नपार्क जमल हुँदै दरबार मार्ग पुगी सभामा परिणत भएको थियो ।

र्यालीमा पार्टी अध्यक्ष कमल थापा, डा.प्रकाशचन्द्र लोहनी र वरिष्ठ नेताहरू समेत सहभागी थिए । राप्रपा एवं उसका भातृ संगठनहरुले यसअघि पनि बिभिन्न जिल्लामा राजसंस्था र हिन्दूराष्ट्र पुनःस्थापनाका पक्षमा र्‍याली  एवं कोणसभाको आयोजना गर्दै आएका छन् । सोही क्रममा शनिबार काठमाडौंमा मोटरसाइकल र्‍यालीको आयोजना गरिएको राप्रपाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एउटा होइन, सबै राजनीतिक दलमाथि नैतिकताको प्रश्न

-ऋषि कट्टेल । भिजिट भिसा प्रकरणले संसदवादीले निकै नाटक मञ्चन गरेको देखियो ।

प्रतिनिधिसभाको बैठकमा बजेटमाथि छलफल हुने

काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ । सङ्घीय

सानो पाइला सहकारी ठगीमा रवि लामिछानेसहित २९ जनाविरूद्ध पर्सामा मुद्दा दर्ता

वीरगंज । वीरगन्जस्थित सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनको अभियोगमा

इजरायल र कतारका राजदूतलाई परराष्ट्रमन्त्रीको निर्देशनः इजरायल र इरानमा रहेका नेपालीको सुरक्षालाई उच्च प्राथमिकता दिनु

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणाले इजरायल र इरानमा रहेका नेपालीको सुरक्षालाई उच्च प्राथमिकतामा