प्रचण्डले राप्रपा विभाजनको नियति भोग्नुपर्ने कमल थापाको आशंका



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रचण्ड नेपाल समूहले वैधानिकता पाउनेमा आशङ्का व्यक्त गरेका छन् । शनिबार बिहान सामाजिक संजाल फेसबुकमार्फत अध्यक्ष थापाले अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले पार्टी वैधानिकताको दाबी गर्दै निर्वाचन आयोगमा पुग्दा आफूले राप्रपा विभाजनको घटना सम्झिएको बताएका हुन् ।

थापाले लेखेका छन्, ‘पार्टी वैधानिकताको दावी गर्दै निर्वाचन आयोगमा नेकपा अध्यक्ष प्रचण्डले निवेदन दिदैं गर्दा म राप्रपा विभाजनको घटना सम्झिरहेको छु । तत्कालिन प्रम प्रचण्डको प्रत्यक्ष दवाव र प्रभावमा त्यसवेला विना सनाखत कानुन विपरित आयोगले राप्रपा विभाजन घोषणा गरेको थियो । प्रचण्डले त्यही नियति भोग्नु नपरोस् । मेरो शुभकामना छ । २०६३सालपछि कंग्रेस र कम्युनिष्टले न्यायपालिका लगायत सम्पूर्ण राज्य संयन्त्रमा भागवण्डा गरेर पार्टी निकट व्यक्तिहरू भर्ती गरेका छन् । त्यसैले अपवाद बाहेक न्याय दुर्लभ भएको छ । अरूलाई ख्वाउन पालेको बाघले एकदिन आफैंलाई खानसक्छ भने चेतना सडकको चिसो भुइँमा बसेका प्रचण्ड र नेपाललाई भएकै होला ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्रीसँग एडिबीका उपाध्यक्षको शिष्टाचार भेट

  काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग एसियाली विकास बैंक(एडिबी)का उपाध्यक्ष इङमिङ

नेपालको विद्युत प्रशारण लाइन निर्माणमा लगानी गर्ने चिनियाँ लगानीकर्ताको चाहना

  काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग चाइना इन्टरनेसनल डेभलपमेन्ट कोअपरेसन एजेन्सी

डढेलो नियन्त्रणमा सरकार असंवेदनशील भयोः शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले डढेलोले गर्ने क्षति वर्षेनि बढिरहेको

बागमती प्रदेशसभाको हिउँदे अधिवेशनको ५७ दिनमा ६ बैठक

  मनहरी ।  बागमती प्रदेशसभाको हिउँदे अधिवेशन ५७ दिन चलेकामा ६  वटा मात्रै