कांग्रेस बैठकमा प्रतिनिधिसभा विघटनको विरोध



काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको जारी बैठकमा बुधबार बोल्ने केन्द्रीय सदस्यले प्रतिनिधिसभा विघटन कार्यको विरोध गरेका छन् । केन्द्रीय सदस्यले प्रतिनिधिसभा विघटन संविधानको मर्मविपरीत भएकाले यसको विरोधमा देशव्यापी प्रदर्शन गर्नुपर्ने सुझाव दिनुभएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

केन्द्रीय सदस्यले बोल्ने क्रम जारी रहेकाले भोलिको बैठकले देशव्यापी विरोध प्रदर्शनबारेमा ठोस निर्णय लिने उनले बताए । बैठकले यही पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका कार्यक्रम देशव्यापीरुपमा मनाउने निर्णय पनि गरेको छ । बैठकले कोरोना भाइरस सङ्क्रमित भई हाल अस्पतालमा उपचाररत पार्टीका पूर्वमहामन्त्री एवं केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलालगायत अन्य सबैको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । सरकारले प्रतिनिधिसभा विघटन गरेपछि पार्टीको धारणा बनाउन कांग्रेस बैठक मङ्गलबारदेखि जारी छ ।

सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकमा बुधबार केन्द्रीय सदस्य डा रामशरण महत, बलबहादुर केसी, आनन्दप्रसाद ढुङ्गाना र गगनकुमार थापाले आ–आफ्नो धारणा राखेका थिए । केन्द्रीय कार्यसमितिको बैठक बिहीबार पुस ९ गते दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्ने कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गगनलाई रविको चुनौतीः मैले ऋण लिन निवेदन दिएको प्रमाणित भए राजनीति छाड्छु, नभए तपाईं छाड्ने हो ?

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कांग्रेस महामन्त्री गगन थापालाई सहकारीबाट आफूले

कोशी प्रदेश सरकार गठन विवादमा सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी

काठमाडौं । कोशी प्रदेश सरकार गठन असंवैधानिक भन्दै निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर

संसदीय समिति नबन्दा संसदमा सकसः जेठ १ गतेसम्मका लागि संसद स्थगित

काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारबो दोस्रोपटक बसेको बैठकमा पनि प्रमुख विपक्षी दल नेपाली कांग्रेसले

यस्ता छन् बिहीबारको मन्त्रिपरिषद बैठकका २५ निर्णय

काठमाडौँ । सरकारले एक अर्ब २० करोड रुपैयाँ बराबरको अनुदान सहायता स्वीकार गर्ने