राप्रपा अध्यक्ष कमल थापालाई कोरोना संक्रमण



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई कोरोना संक्रमण भएको छ । । सामान्य टाउको दुखाइपछि ह्याम्स अस्पतालमा बुधबार गरिएको कोभिड–१९को पिसिआर परीक्षणमा रिपोर्ट पोजेटिभ देखिएको उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत जानकारी गराएका छन् ।

कोरोनाको महामारीबाट जोगिन आवश्यक सावधानी र सतर्कता राखे तापनि परीक्षणको नतिजा पोजेटिभ आएको र अहिले स्वास्थ्यावस्था सामान्य रहेको अध्यक्ष थापाले उल्लेख गरेका छन् ।

उनी अहिले बूढानीलकण्ठस्थित निवासमै आइसोलेशनमा रहेका पार्टी सचिवालय सदस्य राजाराम बर्ताैलाले जानकारी दिए । केही दिनयता आफूसँग सम्पर्कमा आएका सबैलाई सुरक्षित र सतर्क रहन अध्यक्ष थापाले अनुरोधसमेत गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाल–चीनबीचको बौद्ध संस्कृति र कला थप सुदृढ बनाउँदै लैजानुपर्छः मुख्यमन्त्री आचार्य

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नेपाल र चीनबीचको प्राचीन सांस्कृतिक सम्बन्धलाई

पूर्वप्रधानमन्त्री डा. भट्टराई भारत प्रस्थान

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा बाबुराम

शेरबहादुरजीले सरकार ढल्दैन भनेपछि भ्रम फैलाउनेहरु फत्रक्क भएका छन्ः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा थाइल्याण्डबाट फर्केपछि

सरकार लाज पचाएर शिक्षकहरूलाई अपमानित गर्नेतिर लागेको छः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार सुशासनका विरुद्ध