पूर्वप्रधानमन्त्री खनाल अस्पताल भर्ना
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपाका बरिष्ठ नेता झलनाथ खनाल अस्पताल भर्ना भएका छन् । रक्तचाप बढेपछि खनाल बुधबार अपरान्ह ह्याम्स अस्पतालमा भर्ना भएका हुन् । खनालका स्वकीय सचिव कृष्ण भट्टराईका अनुसार अहिले उनको अवस्था ठीक छ र सम्भवतः भोलि नै डिस्चार्ज हुने सम्भावना छ ।