प्रजातन्त्रवादीहरूले संयुक्त मोर्चा बनाएर जानुको विकल्प छैनः कमल थापा
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले ब्रम्हलुट, सर्वसत्तावाद, धर्मपरिवर्तन, विदेशी चलखेललाई पराजित गर्न तथा राष्ट्रियता र प्रजातन्त्रलाई बलियो बनाउंदै सुशासन समृद्धिको लक्ष्य हासिल गर्न सम्पूर्ण देशभक्त एबं प्रजातन्त्रवादीहरूले संयुक्त मोर्चा बनाएर जानुको विकल्प नभएको बताएका छन् ।
सामाजिक संजालमार्फत अध्यक्ष थापाले आफ्नो धारणा सार्बजनिक गरेका हुन् । अध्यक्ष थालाले वृहत्तर प्रजातान्त्रिक मोर्चा निर्माणको लागि आह्वान समेत गरेका छन् ।