कर्णालीका मुख्यमन्त्री शाहीद्वारा प्रमुख सचेतक शाहलाई पदमुक्त



सुर्खेत । कर्णाली प्रदेशका नेकपाका संसदीय दलका नेता एवं मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रमुख सचेतक गुलावजंग शाहलाई प्रमुख सचेतकबाट पदमुक्त गरेका छन् । दलका नेताको हैसियतले मुख्यमन्त्री शाहीले संसदीय दलको विधानको धारा ७ अनुसार शाहलाई पदमुक्त गरेको जनाएका छन् ।

कामकारबाही सन्तोषजनक नभएकाले जिम्मेवारीमुक्त गरिएको शाहलाई दिइएको पत्रमा उल्लेख छ । आइतबार १८ जना सांसदले संसदीय दलका नेताविरुद्ध अविश्वासको प्रस्ताव बुझाएपछि शाहले मंगलबार एक बजेको लागि बैठक बोलाएका थिए । अब यो प्रकरणले उक्त बैठक अन्योलमा परेको छ । उनको स्थानमा सचेतक सीता नेपालीलाई नियुक्त गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मन्त्रीहरुबाटै प्रधानमन्त्रीलाई सहयोग भएनः प्रवक्ता सापकोटा

  भक्तपुर ।  नेकपा (माओवादी केन्द्र)का प्रवक्ता अग्नि सापकोटाले एनसेल बिक्री प्रकरणमा सरकारको

आफू प्रधानमन्त्री बन्नेबित्तिकै सचिवलाई दिएको निर्देशनको परिणाम निराशाजनक देखियोः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले एक वर्षको अवधिमा जनतामा आशा

देशभित्रका दलाल पुँजीवादी र देश बाहिरका तत्वहरुले मुलुकलाई अस्थिर बनाउन खोजेः अध्यक्ष ओली

रुकुमपूर्व । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको अर्थतन्त्रमाथि हमला भएको बताएका

प्राधिकरण भन्छ-एनसेलको शेयर खरिदबिक्रीको छानबिन हुन्छ

  काठमाडौँ ।  एनसेल आजियटा लिमिटेडले शेयर खरिदबिक्रीसम्बन्धी कागजात सङ्कलनको क्रममा रहेकाले चाँडै