नेपाल–चीन सीमा समस्याबारे सत्यतथ्य सार्वजनिक गरियोस्ः भीम रावल



काठमाडौं । सत्तारुढ नेकपाका नेता भीम रावलले हुम्लाको नाम्खा गाउँपालिका, लिमी लोलुङजङमा नेपाल–चीन सीमा समस्याबारे सत्यतथ्य सार्वजनिक गर्न माग गरेका छन् ।

सोमबार ट्वीट गर्दै नेता रावलले देशको भौगोलिक अखण्डतासग जोडिएको विषय उठिसकेपछि वस्तुगत किसिमले टुंगो लगाउन माग गरेका हुन् ।

उनले लेखेका छन्, ‘हुम्लाको नाम्खा गा.पा., लिमी लोलुङजङमा नेपाल र चीनको सीमासम्बन्धमा नापी विभाग, परराष्ट्र मन्त्रालय लगायत सरकारका आवश्यक कर्मचारीलाई सामेल गरी स्थलगत अध्ययन गराई सत्यतथ्य सार्वजनिक गरियोस् । देशको भौगोलिक अखण्डतासँग जोडिएको विषय उठिसकेपछि वस्तुगत किसिमले टुंगो लगाइयोस् ।’ सीमा विवादको विषय सार्वजनिक भएपछि सरकारले भने चीनसँग कुनै सीमा विवाद नभएको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मन्त्रीहरुबाटै प्रधानमन्त्रीलाई सहयोग भएनः प्रवक्ता सापकोटा

  भक्तपुर ।  नेकपा (माओवादी केन्द्र)का प्रवक्ता अग्नि सापकोटाले एनसेल बिक्री प्रकरणमा सरकारको

आफू प्रधानमन्त्री बन्नेबित्तिकै सचिवलाई दिएको निर्देशनको परिणाम निराशाजनक देखियोः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले एक वर्षको अवधिमा जनतामा आशा

देशभित्रका दलाल पुँजीवादी र देश बाहिरका तत्वहरुले मुलुकलाई अस्थिर बनाउन खोजेः अध्यक्ष ओली

रुकुमपूर्व । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको अर्थतन्त्रमाथि हमला भएको बताएका

प्राधिकरण भन्छ-एनसेलको शेयर खरिदबिक्रीको छानबिन हुन्छ

  काठमाडौँ ।  एनसेल आजियटा लिमिटेडले शेयर खरिदबिक्रीसम्बन्धी कागजात सङ्कलनको क्रममा रहेकाले चाँडै