सभामुख सापकोटा र साइप्रसका प्रतिनिधि सभाका अध्यक्षबीच टेलिफोन वार्ता



काठमाडौं । नेपाल र साइप्रसबीच कुटनीतिक सम्बन्ध कायम भएको ४० बर्ष पूरा भएको अवसरमा सभामुख अग्निप्रसाद सापकोटा र साइप्रसको प्रतिनिधि सभाका अध्यक्ष महामहिम डेमेट्रिस सिलौरिस बीच शुभकामना आदान प्रदान भएको छ ।

उनीहरुबीच भएको टेलिफोन सम्वादका क्रममा सभामुख सापकोटाले कुटनीतिक सम्बन्धको ४० औं बर्षगाँठका अवसरमा साइप्रसका समकक्षीलाई बधाई ज्ञापन गर्दै दुई देशबीच आपसी विश्वासका आधारमा सुमधुर सम्बन्ध रहेको बताए । उनले साइप्रसले युरोपियन युनियनको सदस्यका रुपमा विश्व मानचित्रमा महत्वपूर्ण उपस्थिति जनाएको उल्लेख गरे ।

सभामुख सापकोटाले साइप्रसमा १० हजार भन्दा बढी नेपाली कामदारहरु पुगिसकेको सम्बन्धमा सरकार–सरकारबीच समन्वय गरेर नेपाली कामदार पठाउँदा व्यबस्थापनमा सहज हुने धारणा राखे । उनले साइप्रसले नेपाली विद्यार्थीहरुलाई अध्ययनको अवसर सृजना गरेको र कोभिड–१९ का बेला साइप्रसमा रहेका नेपालीलाई सहयोग र संरक्षण प्रदान गरेकोमा धन्यवाद ज्ञापन गर्दै विद्यार्थीहरुलाई छात्रवृत्तिको व्यवस्था हुने विश्वास व्यक्त गरे ।

सम्वादका क्रममा सभामुख सापकोटाले नेपालको संघीय संसद र साइप्रसको संसदबीच संसदीय मैत्री समूह गठनका लागि प्रस्ताव राखेका छन् । उनले विश्व समुदाय कोभिड–१९ महाव्याधिको चुनौतीसँग लडिरहेको उल्लेख गर्दै यसका कारण दुई देशबीचका उच्चस्तरीय भ्रमण समेत प्रभावित भएको बताए ।

सभामुख सापकोटाले अवस्था सहज भएपछि अध्यक्ष सिलौरिसको नेपाल भ्रमण हुने विश्वास व्यक्त गरे । सम्वादका क्रममा साइप्रसको प्रतिनिधि सभाका अध्यक्ष डेमेट्रिस सिलौरिसले दुई देशबीच राम्रो सम्बन्ध रहेको उल्लेख गर्दै कोभिड–१९ का कारण सगरमाथा सम्वादका लागि आफ्नो निर्धारित नेपाल भ्रमण रोकिएको स्मरण गरे ।

उनले काम र अध्ययनका सिलसिलामा १० हजार भन्दा बढी नेपाली साइप्रसमा रहेको जानकारी गराउँदै नेपालबाट औपचारिक पत्र प्राप्त भएपछि सरकार–सरकारबीच समन्वयका आधारमा कामदार लैजाने प्रक्रिया अघि बढाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
अध्यक्ष सिलौरिसले संसदीय मैत्री समुह गठनको प्रस्तावलाई सकारात्मक रुपमा लिंदै संसदीय समूह गठन प्रक्रिया आरम्भ गर्ने बताउनुभएको सभामुखको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपालमा पूँजी परिचालन गर्न यूएईका लगानीकर्तालाई प्रधानमन्त्रीको आग्रह

  काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा पूँजी परिचालन गर्न संयुक्त

पार्टी पदाधिकारीमा महिलाको सङ्ख्याबारे आरजुले महासमितिमा कुरा उठाउने

काठमाडौँ । नेपाली कांग्रेसकी नेतृ डा आरजु राणा देउवाले कांग्रेसको पार्टी पदाधिकारीमा महिला

जनतालाई ऐन बन्यो वा बनेन भनी चासो लिने कुरा भएन, परिणाम चाहियो : प्रदेशमन्त्री श्रेष्ठ (अन्तरवार्ता)

काठमाडौँ । बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले मुलुकमा राजनीतिक परिवर्तनका