राप्रपालाई एकीकरणको वैधानिकता प्राप्त



काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) को एकीकरणलाई वैधानिकता दिएको छ । आयोगको बैठकबाट ती दुई पार्टीबीच एकीकरण गरी राप्रपाका नाममा दल दर्ता गर्ने निर्णय भएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

राप्रपाको एकीकरणलाई निर्वाचन आयोगले वैधानिकता दिएको जानकारी दिँदै पार्टी अध्यक्ष कमल थापाले भन्नुभयो, एकीकरणले वैधानिकता प्राप्त गरेकामा गौरव लागेको छ ।

प्रजातन्त्रको पुनःस्थापनापछि विसं २०४७ जेठ १५ गते पूर्वपञ्चहरुको समूहले राष्ट्रिय प्रजातन्त्र पार्टी(थापा र चन्द) का नाममा बेग्लाबेग्लै राजनैतिक दल खोलेसँगै उक्त पार्टीमा पटकपटक एकीकरण र विभाजनको अभ्यास चल्दै आएको छ ।

पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्द संस्थापक रहेको उक्त पार्टी एकीकरण हुँदा ‘राप्रपा’ नाम रहे पनि विभाजन हुँदाका बखत राष्ट्रिय जनशक्ति पार्टी, राप्रपा नेपाल, राप्रपा (प्रजातान्त्रिक) र एकीकृत राप्रपा(राष्ट्रवादी)जस्ता विभिन्न दल बन्न पुगे । एकीकरणपछि अब राप्रपाको झण्डामा ‘गाई’ रहने छ भने चुनावचिह्न ‘हलो’ हुने छ । एकता महाधिवेशनपछि विस २०७३ मा विभाजित पार्टीलाई आफ्नै कार्यकालमा पुनःएकीकृत गर्न सकेकामा प्रसन्नता व्यक्त गर्दै अध्यक्ष थापाले भने, आगामी चुनावबाट हामीले राप्रपालाई देशको अग्रणी शक्ति बनाउने सङ्कल्प गर्नुपरेको छ ।’

चुनावचिह्न जनतासम्म पुर्याउन सम्पूर्ण पार्टी पङ्क्तिलाई सामाजिक सञ्जालमा चुनावचिह्न अङ््कित झण्डा समावेश गर्न अध्यक्ष थापाले निर्देशन पनि दिएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रियसभालाई समानुपातिक र समावेशी तथा प्रतिनिधिसभालाई प्रत्यक्षतर्फ १६५ सिटमा सीमित गर्नुपर्छः सांसद गिरी

काठमाडौँ । नेपाली कांग्रेसका नेता दीपक गिरी मुलुक र जनहितमा बाधक देखिएका कानुन,

ओलीलाई राउटे मुखिया शाहीको कोसी उपहार

कर्णाली । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई लोपोन्मुख फिरन्ते राउटे समुदायका मुखिया

म ‘लक्की’ छु, किनकी यो गठबन्धन तत्काल टुट्दैन र टुटनेवाला पनि छैनः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा लोकतान्त्रिक गणतन्त्रको कुनै विकल्प नरहेको र

एनसेलको सेयर बिक्रीमा विधि र प्रक्रिया पालना भए नभएको बुझ्न प्रधानन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनसेलको शेयर बिक्रीकाबारेमा चासो राखेका छन् ।